बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन « Khabarhub

बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडी जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । पाटन नगरपालिकाबाट सुरु भएको यो कार्यक्रम जिल्लाका अन्य नौ वटै स्थानीय तहमा पनि सञ्चालनको तयारी भएको छ ।  

निर्वाचन आयोगको कार्यक्रमअनुसार स्थानीय तहका केन्द्र आसपासका क्षेत्रमा नमूना मतदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सोहीअनुसार उक्त नगरपालिकाको पाटन बजार क्षेत्रमा नमूना मतदान कार्यक्रममा सात मत बदर भएको थियो । एक जनाले चार मतपत्रमा मतदान गर्नुपर्ने उक्त कार्यक्रममा ७१ जनाले मतदान गर्दा दुई सय ८४ मत खसेको र  सात मत बदर भएको थियो।

नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालको भनाइ थियो । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । पाटनपश्चात् पुर्चौडीमा नमूना मतदान गरिने उक्त कार्यालयले जनाएको छ । 

आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन मतदाता शिक्षा सञ्चालनको पनि तयारी भएको छ । समुदायस्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जनाइएको छ । आयोगले आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने छन् । जिल्लामा  एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् ।  

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ३९ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ