उदयपुरमा थपियो जनसंख्या  « Khabarhub

उदयपुरमा थपियो जनसंख्या 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर– केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार उदयपुरमा २५ हजार ५३२ जनसंख्या थपिएको छ । जस अनुसार १० वर्षको अवधिमा उदयपुरको कुल जनसंख्या ३ लाख ४२ हजार ७७३ पुगेको प्रारम्भिक नतिजाले देखाएको छ ।

 यो १० वर्ष अगाडि २०६८ मा ३ लाख १७ हजार ५३२ जनसंख्या रहेकोमा ०.७३ प्रतिशत अर्थात २५ हजार ५३२ जनसंख्या वृद्धि भएको जिल्ला तथ्याङ्क कार्यालय उदयपुरका प्रमुख शिवनारायण महतोले जानकारी दिए । उनका अनुसार प्रारम्भिक तथ्यांक अनुसार पुरुष १ लाख ६५ हजार ३४ जना र महिला १ लाख ७७ हजार ७३९ जना रहेको छ । पुरुषको तुलनामा महिला ७.१५ प्रतिशत अर्थात १२ हजार ७०५ जना बढी हो । प्रारम्भिक नतिजामा लैङ्गिक अनुपातमा ९२.८५ प्रतिशत रहेको छ ।

उदयपुरका आठ वटै पालिकाका ७५ हजार ९३७ घरको जनसंख्या समावेश भएको छ भने ८१ हजार ८०२ परिवारको तथ्यांक लिइएको तथ्यांक प्रमुख महतोले जानकारी दिए । संघ र प्रदेश चुनावको कारणले केन्द्रीय तथ्यांक कार्यालयले जनगणनाको नतिजा सार्वजनिक गरेको छैन ।  

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : १७ बजे

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिर)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको