उदयपुरमा थपियो जनसंख्या  « Khabarhub

उदयपुरमा थपियो जनसंख्या 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर– केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार उदयपुरमा २५ हजार ५३२ जनसंख्या थपिएको छ । जस अनुसार १० वर्षको अवधिमा उदयपुरको कुल जनसंख्या ३ लाख ४२ हजार ७७३ पुगेको प्रारम्भिक नतिजाले देखाएको छ ।

 यो १० वर्ष अगाडि २०६८ मा ३ लाख १७ हजार ५३२ जनसंख्या रहेकोमा ०.७३ प्रतिशत अर्थात २५ हजार ५३२ जनसंख्या वृद्धि भएको जिल्ला तथ्याङ्क कार्यालय उदयपुरका प्रमुख शिवनारायण महतोले जानकारी दिए । उनका अनुसार प्रारम्भिक तथ्यांक अनुसार पुरुष १ लाख ६५ हजार ३४ जना र महिला १ लाख ७७ हजार ७३९ जना रहेको छ । पुरुषको तुलनामा महिला ७.१५ प्रतिशत अर्थात १२ हजार ७०५ जना बढी हो । प्रारम्भिक नतिजामा लैङ्गिक अनुपातमा ९२.८५ प्रतिशत रहेको छ ।

उदयपुरका आठ वटै पालिकाका ७५ हजार ९३७ घरको जनसंख्या समावेश भएको छ भने ८१ हजार ८०२ परिवारको तथ्यांक लिइएको तथ्यांक प्रमुख महतोले जानकारी दिए । संघ र प्रदेश चुनावको कारणले केन्द्रीय तथ्यांक कार्यालयले जनगणनाको नतिजा सार्वजनिक गरेको छैन ।  

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : १७ बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्