दाङ निर्वाचन क्षेत्र नम्बर २ : पोखरेल र शर्माबीच रोचक प्रतिस्पर्धा « Khabarhub

दाङ निर्वाचन क्षेत्र नम्बर २ : पोखरेल र शर्माबीच रोचक प्रतिस्पर्धा


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

देउखुरी– आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य रेखा शर्मा प्रमुख प्रतिस्पर्धी छन् । 

लुम्बिनी प्रदेशको राजधानी दाङ तोकिनुमा आफूले पहल गरेका कारण सम्भव भएको र बाँकी अपूरा काम संघीय सरकारमार्फत पूरा गराउने पोखरेलले प्रतिबद्धता जनाएका छन् । पोखरेल २०७४ को निर्वाचनमा दाङ-२ प्रदेशसभा ९१० बाट विजयी भएका थिए ।

संघीय सरकारको सामान्य प्रशासनमन्त्री भइसकेकी रेखा शर्मालाई प्रस्तिपर्धिका रूपमा छन्। २०६४ र २०७४ को निर्वाचनमा समानुपातिक सांसद बनेकी शर्मा यसपटक भने प्रत्यक्षतर्फबाट निर्वाचनमा होएकी छिन् । 

दाङ क्षेत्र नं २ मा घोराही उपमहानगरपालिकाका १९ वटै वडा, तुलसीपुर उपमहानगरपालिकाको वडा नं १६, १७, १८ र १९ वडा र बङ्गलाचुली गाउँपालिका यही क्षेत्रमा पर्दछन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा एमालेका उम्मेदवारले जितेका छन् । बङ्गलाचुली गाउँपालिकाको अधक्ष्य र उपाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका थिए ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस विपीका गोविन्दप्रसाद शर्मा, नेकपा मालेका नेत्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी, नेमकिपाका आशाराम वैद्य, मङ्गोल नेशनल अर्गनाइजेशनका खड्कबहादुर बुढामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका इञ्जीनियर विशाल अधिकारी, मौलिक जरो किलो पार्टीका रामचन्द्र खड्का, हाम्रो नेपाली पार्टीका शशिराम चौधरी, नेपाल आमा पार्टीका गीता रावत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी छन् । यसैगरी यमलाल जिसी र भुपनाथ अर्जेल र कृष्णबहादुर डाँगी चुनावी प्रतिस्पर्धामा छन्। 

यसैगरी निर्वाचन क्षेत्र नं २ को १ बाट प्रदेशसभाका लागि एमालेका तर्फबाट बलिभद्र राणा र कांग्रेसका राजु खनालको बीचमा प्रतिस्पर्धा छ । निर्वाचन क्षेत्र नं २ को ९२० बाट प्रदेशसभाका लागि एमालेका गिरिराज केसी, कांग्रेसका प्रचण्डविक्रम न्यौपानेको बीचमा कडा प्रतिस्पर्धा रहेको छ। क्षेत्र नं २ को (१)मा ६३ हजार तीन सय २२ मतदाता छन् भने (२)मा ७० हजार चार सय २६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । क्षेत्र नं २ को ९१० मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र, क्षेत्र नं २ को ९२० मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : ३४ बजे

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ