हथौडा आक्रमणमा घाइते भएका सभामुख पेलोसीका श्रीमान् स्वास्थ्यलाभ गरी घर फिर्ता « Khabarhub

हथौडा आक्रमणमा घाइते भएका सभामुख पेलोसीका श्रीमान् स्वास्थ्यलाभ गरी घर फिर्ता


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमान् स्वास्थ्यलाभ गरी घर फर्केका छन् । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा गत शुक्रबार बिहान पसेको एक जना आक्रमणकारीले ८२ वर्षीय पल पेलोसीको टाउकोमा हथौडा प्रहार गरेर गम्भीर घाइते बनाएको थियो ।

टाउको र हातमा गम्भीर चोट लागेका उनलाई जुकरवर्ग सान फ्रान्सिस्को जनरल अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरूले उनको सफलतापूर्वक शल्यक्रिया गरेका थिए । उनीहरूले घर फर्काइएका पललाई ‘पूर्णरूपमा आराम हुने’ जानकारी दिएका सभामुख पेलोसीका प्रवक्ताले बताएका छन् । पलले चिकित्सकलगायत उनको उपचारमा संलग्न सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

आक्रमणकारी डेभिड पेलाई हिरासतमा लिएर अनुसन्धान गरिएको छ । बयालीस वर्षीय अभियुक्त माथि अपहरणको मुद्दा चलाइने सरकारी अधिकारीहरूले बताएका छन् । उनीमाथिको अपराध पुष्टि भएमा २० वर्षको कारावासको सजाय हुनेछ । अभियुक्तले त्यसअघि अर्का एकजना सरकारी अधिकारीमाथि पनि आक्रमण गरेकाले त्यो पनि प्रमाणित भएमा निजले ३० वर्ष जेलमा बिताउनुपर्नेछ ।

यसैबीच, सभामुख पेलोसीले आफ्नो परिवारप्रति स्नेह र सद्भाव प्रस्तुत गरेका अमेरिकी नेतृत्व गण, नागरिकका साथै विश्वका अन्य देशका राजनीतिक व्यक्तित्व एवम् सर्वसाधारणमा कृतज्ञता ज्ञापन गरेकी छिन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ३ : २९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ