‘कांग्रेस नेतृत्वमा बहुमत सरकार बन्छ’ « Khabarhub

‘कांग्रेस नेतृत्वमा बहुमत सरकार बन्छ’


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेससहितको सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार कार्कीले आफू २०७४ सालमा निर्वाचित भएपछि सुनसरी क्षेत्र नम्बर ४ को चौतर्फी विकास निर्माण कार्यले गति लिएको बताए ।

मतदाताका हरेक आशा, भरोसा र अपेक्षाको समाधान गर्न आफू सधैँ प्रतिवद्ध रहेको उनले बताए । आफू प्रतिस्पर्धा गर्न नभई विकास गर्न सुनसरी क्षेत्र नम्बर ४ मा आएको हुँदा कोरोना महामारीका बाबजुद तीन वर्षमा आफ्नो पहल र प्रयासमा भएका विकास निर्माणकार्यका कारण आफ्नो जित सुनिश्चित भएको मन्त्री कार्कीले बताए ।

जनता अब कसैको झुठो आश्वासनमा विश्वास नगर्ने र विकास तथा समृद्धि चाहेका कारण आफ्नो जितका लागि लोकतान्त्रिक वाम गठबन्धनले मात्र नभई सम्पूर्ण क्षेत्र लागिपरेको उनले बताए । आफ्नो जितले हरेक वर्ग, जातजाति, समुदायलाई समान हक र अधिकार सुनिश्चित गर्ने बताउँदै उनले यस क्षेत्रका बेरोजगार युवालाई रोजगारको सिर्जना गर्ने बताए ।

उनले यस क्षेत्रको हरेक अवस्था आफूलाई जानकारी रहेकोले योजनावद्ध रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि कांग्रेस नेतृत्वको सरकारले बनाउने उनको भनाइ छ । नेपाली कांग्रेसले घोषणा पत्रमै ३ वर्षसम्मका बालबालिकाहरूको उपचार सरकारले जनाएको उनले बताए । हाल ६८ वर्ष भएपछि पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्षमा झारेर ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध गराइने मन्त्री कार्कीको भनाइ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ५ : ५८ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका