‘कांग्रेस नेतृत्वमा बहुमत सरकार बन्छ’ « Khabarhub

‘कांग्रेस नेतृत्वमा बहुमत सरकार बन्छ’


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेससहितको सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार कार्कीले आफू २०७४ सालमा निर्वाचित भएपछि सुनसरी क्षेत्र नम्बर ४ को चौतर्फी विकास निर्माण कार्यले गति लिएको बताए ।

मतदाताका हरेक आशा, भरोसा र अपेक्षाको समाधान गर्न आफू सधैँ प्रतिवद्ध रहेको उनले बताए । आफू प्रतिस्पर्धा गर्न नभई विकास गर्न सुनसरी क्षेत्र नम्बर ४ मा आएको हुँदा कोरोना महामारीका बाबजुद तीन वर्षमा आफ्नो पहल र प्रयासमा भएका विकास निर्माणकार्यका कारण आफ्नो जित सुनिश्चित भएको मन्त्री कार्कीले बताए ।

जनता अब कसैको झुठो आश्वासनमा विश्वास नगर्ने र विकास तथा समृद्धि चाहेका कारण आफ्नो जितका लागि लोकतान्त्रिक वाम गठबन्धनले मात्र नभई सम्पूर्ण क्षेत्र लागिपरेको उनले बताए । आफ्नो जितले हरेक वर्ग, जातजाति, समुदायलाई समान हक र अधिकार सुनिश्चित गर्ने बताउँदै उनले यस क्षेत्रका बेरोजगार युवालाई रोजगारको सिर्जना गर्ने बताए ।

उनले यस क्षेत्रको हरेक अवस्था आफूलाई जानकारी रहेकोले योजनावद्ध रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि कांग्रेस नेतृत्वको सरकारले बनाउने उनको भनाइ छ । नेपाली कांग्रेसले घोषणा पत्रमै ३ वर्षसम्मका बालबालिकाहरूको उपचार सरकारले जनाएको उनले बताए । हाल ६८ वर्ष भएपछि पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्षमा झारेर ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध गराइने मन्त्री कार्कीको भनाइ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ५ : ५८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को