देश बनाउन एमालेलाई भोट दिनुस् : ओली | Khabarhub Khabarhub

देश बनाउन एमालेलाई भोट दिनुस् : ओली


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुगेका ओलीले एमालेको आगामी योजना सुदूरपश्चिममा विकासको मूल फुटाउने रहेको बताए । ओलीले बैतडीवासीलाई विकास निर्माणका विभिन्न आयोजना पुरा गर्ने आश्वासन दिएका छन् । 

नेपाल-भारत सीमानदी झुलाघाटमा पक्की पुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भीमदत्त पोलिटेक्निकल शिक्षालयको स्तरोन्नति, दशरथचन्द प्रतिष्ठान लाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने उनले बताए । उल्लेखित आयोजनाको काम विगतमा आफू नेतृत्वको सरकारले सुरुवात गरे पनि वर्तमान सरकारले अलपत्र छाडेको उनको आरोप छ । ओलीले बैतडी सहित सुदूरपश्चिमका विभिन्न सामुदायिक क्याम्पसलाई आंगिक बनाएको बताए । 

अध्यक्ष ओलीले सुदूरपश्चिममा रहेका सबै राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताए । मंसिर ४ मा एमालेलाई भोट दिन आग्रह गर्दै उनले भने, ‘एमालेले अहिले बच्चा गर्भमा रहँदादेखि पुरै जीवनका योजनाको खाकासहित सार्वजनिक गरेको पार्टीको घोषणा पत्रमा टेकेर काम गर्नेछौँ । सूर्य चिन्हमा मतदान गरी एमालेका सबै उम्मेदवारलाई विजयी गराउन अनुरोध गर्छु ।’

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ०४ बजे

लहानमा डकैतीको अफवाह नफैलाउन प्रहरीको आग्रह

सिरहा – सिरहाको लहान नगर क्षेत्रका बस्तीमा चोरी डकैतीको अफवाह

इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

रोम – इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु भएको

दुनाटपरी उद्योगमार्फत उद्यमी बन्दै महिला

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी ४८ वर्षीया कन्या राना एक

फ्रान्समा उग्र दक्षिणपन्थीको उदयसँगै युरोप र विदेश सम्बन्ध कस्तो रहला ?

काठमाडौं – फ्रान्समा उग्र दक्षिणपन्थीको उदयसँगै युरोप र चीनबीचकोसम्बन्धमा कस्तो

काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न

काठमाडौं – सङ्घीय राजधानीसँग कर्णाली जोड्ने अभियानका रुपमा काठमाडौँमा जारी