देश बनाउन एमालेलाई भोट दिनुस् : ओली « Khabarhub

देश बनाउन एमालेलाई भोट दिनुस् : ओली


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुगेका ओलीले एमालेको आगामी योजना सुदूरपश्चिममा विकासको मूल फुटाउने रहेको बताए । ओलीले बैतडीवासीलाई विकास निर्माणका विभिन्न आयोजना पुरा गर्ने आश्वासन दिएका छन् । 

नेपाल-भारत सीमानदी झुलाघाटमा पक्की पुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भीमदत्त पोलिटेक्निकल शिक्षालयको स्तरोन्नति, दशरथचन्द प्रतिष्ठान लाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने उनले बताए । उल्लेखित आयोजनाको काम विगतमा आफू नेतृत्वको सरकारले सुरुवात गरे पनि वर्तमान सरकारले अलपत्र छाडेको उनको आरोप छ । ओलीले बैतडी सहित सुदूरपश्चिमका विभिन्न सामुदायिक क्याम्पसलाई आंगिक बनाएको बताए । 

अध्यक्ष ओलीले सुदूरपश्चिममा रहेका सबै राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताए । मंसिर ४ मा एमालेलाई भोट दिन आग्रह गर्दै उनले भने, ‘एमालेले अहिले बच्चा गर्भमा रहँदादेखि पुरै जीवनका योजनाको खाकासहित सार्वजनिक गरेको पार्टीको घोषणा पत्रमा टेकेर काम गर्नेछौँ । सूर्य चिन्हमा मतदान गरी एमालेका सबै उम्मेदवारलाई विजयी गराउन अनुरोध गर्छु ।’

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ०४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा