आगामी निर्वाचनमा आफूले शानदार विजय हासिल गर्ने रविन्द्र मिश्रको दाबी | Khabarhub Khabarhub

आगामी निर्वाचनमा आफूले शानदार विजय हासिल गर्ने रविन्द्र मिश्रको दाबी


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रविन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले शानदार विजय हासिल गर्ने दाबी गरेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घरदैलो कार्यक्रममा व्यस्त रहेका वरिष्ठ उपाध्यक्ष मिश्रलाई शुक्रबार चुनावी घरदैलो कार्यक्रममा जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ? भन्ने हिमालय न्यूज एजेन्सीले गरेको प्रश्नमा आफू जस्तो मान्छे संसद्‌मा पुग्नै पर्छ र पुर्‍याउनै पर्छ भन्ने भावना जनतामा सर्वत्र देखिएकाले लक्ष्य अनुसारको शानदार विजय हासिल गर्नेमा आफू ढुक्क रहेको जिकिर गरेका हुन् ।

उनले चुनावी घरदैलो कार्यक्रम एकदमै प्रभावकारी भइरहेको भन्दै काठमाडौँ क्षेत्र नम्बर १ मा पूरै भोट रविन्द्र मिश्रमा केन्द्रित गर्नुपर्छ भन्ने भावना प्रबल भएर गएको देखिएको दाबी गरे ।

राजनीतिक दलहरूले कात्तिक १७ गतेदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएसँगै मिश्रले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । मिश्र काठमाडौंको क्षेत्र नम्बर १ बाट दोस्रोपटक संसदीय चुनाव लड्दै छन् । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : १८ बजे

पाँचथर बहुमुखी क्याम्पसको अध्यक्षमा शुभराज थापा निर्वाचित

काठमाडौं । पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नेपाली कांग्रेसका

भिजिट भिसामा कडाइ, पाँच सय बढी विमानस्थलबाट फिर्ता

काठमाडौं – पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न

कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर

मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आँकलन

झापा – कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी

हत्या आरोपमा तीन पक्राउ

बैतडी – पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको