जनताले गठबन्धनलाई साथ दिनेमा देव गुरुङ ढुक्क « Khabarhub

जनताले गठबन्धनलाई साथ दिनेमा देव गुरुङ ढुक्क


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का महासचिव तथा लमजुङ प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू यस जिल्लाकै बासिन्दा भएको स्पष्ट पारेका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनको आज सुन्दरबजार नगरपालिका–७ पाउँदीबजारमा चुनाव प्रचारप्रसार तथा घरदैलो अभियानको शुभारम्भ गर्दै उनले भने, ‘मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाएको छ, यसअघिको निर्वाचनमा एमालेसँगै हुँदा त्यति बेला पनि म उम्मेदवार थिए, त्यति बेला म मनाङकै बासिन्दा हुँदा पनि टुरिष्ट भइन तर अहिले लमजुङकै बासिन्दा भइसके अहिले कसरी टुरिष्ट उम्मेदवार हुन्छु ?’

त्यस्तै उनले मुलुकमा वाम–लोतान्त्रिक गठबन्धन कमजोर हुँदा प्रतिगामि शक्तिहरू हाबी हुने गरेकाले अहिलेको गठबन्धन एकजुटका साथ अघि बढ्नुपर्ने बताए । त्यस्तै, लमजुङ र गण्डकी प्रदेशकै विकासका लागि तनहुँ, गोरखा र लमजुङका गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि उनले मतदातालाई आग्रह गरे । जनता र देश विकासका लागि सधैँ लागिरहने भएकाले पनि जनताले गठबन्धनलाई साथ दिने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : ३६ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना