सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति हुन्: ईश्वर पोखरेल « Khabarhub

सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति हुन्: ईश्वर पोखरेल


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका वरिष्ठ उपाध्यक्ष पोखरेलले आज बूढानीलकण्ठ मेलामा सहभागी हुँदै संस्कृति र सम्पदा देशको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले बूढानीलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सधैँ सक्रिय रहेको उल्लेख गरे । उनले बूढानीलकण्ठ मन्दिरको दर्शन गर्दै मन्दिरलाई थप व्यवस्थित बनाउने तथा मेलामा आएका भक्तालुलाई सहज वातावरणमै बूढानीलकण्ठको दर्शन गर्ने व्यवस्था मिलाउन मन्दिरका संरक्षकलाई आग्रह गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १० : ३० बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि