मेरुदण्डको माध्यमबाट केन्द्रीय स्नायु प्रणालीको रक्तधार र चेतनाचक्र प्रवाहित हुन्छ । यसलाई सु–सुम्नामण्डल पनि भनिन्छ। धेरै मोटो र धेरै पातलो व्यक्ति या कुपोषणका सिकार भएका व्यक्तिमा पनि यो समस्या देखिन सक्ने चिकित्सक बताउँछन् । यस्तै सुत्ने विस्तारा वा पोजिसन नमिल्दा पनि समस्या देखिन सक्छ । त्यसैले मेरुदण्डमा देखिने समस्याका बारेमा मेरुदण्ड रोग विशेषज्ञ डा गौरवराज ढकालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
मेरुदण्डमा कस्ता–कस्ता समस्या देखा पर्दछन् ?
यो समस्या जुनसुकै उमेर समूहमा पनि हुन्छ । एउटा जन्मिदा नै लिएर आउने जसलाई हामी कन्जीनाइटर भन्छौँ । त्यसमा कुनै हड्डीको बनावट गर्भदेखि नै बिग्रेर ढाँड बाङ्गिने समस्या हुन्छ । कुप्रो हुने हुन्छ । त्यसपछि युवा अवस्थामा पनि त्यही कुराहरू बढेर झन् बढी देखिने हुन्छ । वा नयाँ ढाँड बाङ्गिने समस्या हुन्छ । धेरै काम गर्ने मान्छेहरूमा २५ देखि ५० उमेर सम्मको मान्छेहरूमा धेरै यो ढाँड र कम्मर गर्धन दुख्ने समस्या धेरै भएको छ । वृद्धाहरूमा (ओस्टियोपोरोसिस)को कारणले अर्को मेरुदण्डको क्यान्सर अरू भागबाट क्यान्सर भएर ढाँडमा आएपछि ढाँड धेरै दुख्ने बाथहरू उत्पन्न हुनेहुन्छ । त्यसैले यो कुनै उमेरमा धेरै हुन्छ र कुनैमा कम हुन्छ । कुर्चीमा बसेर लेखापढीको काम गर्न, सिलाई बुनाईको काम गर्ने, निहुरिएर काम गर्ने र शारीरिक क्षमताले भ्याउनेभन्दा बढी श्रम गर्नेमा यो रोग देखिन्छ ।
युवा अवस्थामा के कारणले हुन्छ ?
एउटा स्कुल पढ्दा देखिनै बच्चाहरूमा ढाँड दुखाइको समस्या हुन्छ । किनभने स्कुलमा उनीहरूको .किताब कपि धेरै हुन्छन् । त्यसले गर्दा सुरु सुरुमा उनीहरूमा दुखाई सुरु हुन्छ । विद्यार्थीमा धेरै कुप्रिएर लेख्ने, धेरै मोबाइल फोन चलाउने बानीले गर्दा पोज मिल्दैन, लामो समय कुर्सीमा बसेर काम गर्नेहरूमा, डाइभरहरुमा, धेरै भारी बोक्नेहरूमा यो समस्या बढी हुन्छ ।
बस्ने पोज नमिलेर ढाँड दुख्ने हो ?
पोज भन्दा पनि धेरै समय एउटै पोजमा बस्दा मेरुदण्ड थाकेर जान्छ, दुखाइ हुन्छ । फिजिकल व्यायाम नगर्दा पनि यो समस्या बढ्छ ।
यो समस्या देखिएर समयमा उपचार भएन भने पछि के हुन्छ ?
मेरुदण्डमा समस्या देखियो वा ढाँड दुख्ने, दर्धन दुख्ने, हात झमझमाउने समस्या आयो भने घरमा नै सिटामोल खाएर बस्नु हुँदैन । एक हप्ता हेरौँ न भनेर बस्नु हुँदैन किनभने त्यति बेलासम्म दुखाइले उग्र रूप लिनसक्छ । समस्या पनि बढेर जान सक्छ । त्यसैले ढाँड र गर्धनको दुखाई, हातमा कमजोरी र खुट्टामा लुलोपन आयो भने जँचाइहाल्नु पर्दछ ।
जँचाए पछि कसरी उपचार हुन्छ ?
हामीले राम्रोसँग समस्या सोधेर के कारणले हो पता लगाउछौँ । रगत जाँच, एमआरआई, सिटी, इएमजीहरु सबै टेस्टमा जान्छौँ । बिरामी दुई प्रकारका हुन्छन् । एउटा चाहिँ भित्र नै केही गम्भीर समस्या छन् भने त्यही अनुसार हामी सर्जरी वा मेडिसिनहरू दिन्छौँ । मेकानिकल पीठ दुखाइ, प्रसव पछि पीठ दुखाइ छ भने हामीले ७ देखि १० दिनको औषधि दिन्छौँ र व्यायाम गराउँछौँ ।
यस्तो समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
घरमा हामीले स्वस्थ जीवनशैली बनाउनु पर्दछ । आफ्नो बसाइ पनि ध्यानमा राख्ने लामो समयसम्म एउटै पोजमा नबस्ने, दिनभरी काम गर्ने र घरमा आएपछि टिभी हेर्ने र सोफामा सुत्ने गर्नु हुँदैन । हामीले एउटा अभियान नै चलाएका छौँ (फिट् इज फाइन हेल्दी लाइफ) भन्ने त्यसैले यसो गर्दा कुनै समस्या आउँदैन ।
यो समस्या घरमा कसैलाई छ भने आउने पुस्तामा पनि जान्छ ?
वंशाणुगत रूपमा आएको छ भने आउन सक्छ त्यसैले हामीले बिहान उठ्ने व्यायाम गर्ने दौडिने गर्नु पर्दछ । स्वस्थ खाना तरकारी र फलफूलहरू खाने । कुनै समस्या आयो भने तुरुन्त अस्पताल गएर जँचाउनु पर्दछ नत्र पछि गएर यसले ठुलो समस्या निम्त्याउन सक्छ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया