अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति भएको खेलमा अष्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना कतारमा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति कतारको अहमेद बिन अलि स्टेडियममा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे। उता
अष्ट्रेलियाले भने आत्मघाती गोल उपहार पाएको हो।

खेलको पहिलो हाफको ३५ औं मिनेटमा कप्तान मेस्सीको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। यो मेस्सीको खेल जीवनको एक हजारौं गोल हो।

दोस्रो हाफको ५७ मिनेटमा अल्भारेजले अर्जेन्टिनाका लागि दोस्रो गोल गरे। खेलको ७७ मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरे पनि अर्जेटिना २–१ ले विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको हो।

अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ।

अमेरिकालाई पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगिसकेको छ। अष्ट्रेलिया र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ४ : ५९ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान