छेडा-जुम्ला सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती « Khabarhub

छेडा-जुम्ला सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – ठेकेदारको लापरबाहीले छेडा-थलह-सानाखोला-चाँदे-जुम्ला सडक आयोजना अललपत्र परेको छ।

जाजरकोटको छेडादेखि जुम्ला जोड्ने छोटो मार्गको रुपमा रहेको यो सडक खण्डको ३० किलोमिटर ट्र्याक खोल्न बाँकी नै छ।

नेपालगन्जको अमर सिस्ने जेभीले सानाखोलादेखि जुम्ला सिमानासम्म ३० किलोमिटर सडक निर्माणको ठेक्का लिए पनि एक वर्षमा १५० मिटर ट्र्याक मात्र खनिएको छ।

पाँच वर्षभित्र सडक निर्माण सक्ने लक्ष्य रहे पनि काम सुस्त छ। कम्पनीले कुल ठेक्काको १० प्रतिशत अर्थात् १ करोड ३५ लाख रकम लिइसकेको पूर्वाधार विकास कार्यालयका जाजरकोटका प्रमुख सोहिन्दर यादवले जानकारी दिए।

अमर सिस्ने जेभी नेपालगञ्ज बाँकेले १५ करोडमा ठेक्का लिएको पूर्वाधार कार्यालयले जनाएको छ। कम्पनीले आउँदो ०८२ पुस ४ गतेभित्र सडक निर्माण गरिसक्ने गरी ०७८ पुस ५ गते ठेक्का लिएको हो।

पेस्की रकम बुझेर पनि लामो समयसम्म काम सुरु नगरेपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीले पटक–पटक ताकेता गरेको छ। कार्यालयले ४ पटक पत्राचार गरेर कम्पनीलाई तीव्र गतिमा सडक निर्माण गर्न ताकेता गरेको छ। तर कार्यालयको ताकेतालाई ठेकेदार कम्पनीले बेवास्ता गर्दै आएको छ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ५३ बजे

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा