पश्चिम बागलुङको रणनीतिक सडक निर्माण सुरु « Khabarhub

पश्चिम बागलुङको रणनीतिक सडक निर्माण सुरु


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बागलुङ – गलकोट नगरपालिका–५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम सुरुआत भएको छ ।

शनिबार गलकोट–७ मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गरे । सो अवसरमा उनले गलकोटमात्रै नभएर सिङ्गै पश्चिम बागलुङको विकासमा उक्त सडक मेरुदण्डका रूपमा रहने बताए।

सडक विभागले रु ३० करोड ४३ लाखको ठेक्कामार्फत आयोजनाको काम अगाडि बढाएको हो । निर्माण कम्पनी लोपूर्ण कन्स्ट्रक्शन प्रालिका प्रबन्धक अमिन लामाले उक्त बजेटबाट आठ किमी सडक कालोपत्र गरिने बताए ।

सुरुको चरणमा मल्म र हरिचौरबाट गरी दुई खण्डमा कालोपत्रका लागि पूर्वाधार तयारीको काम गरिने उनको भनाइ छ । ‘कुनै अवरोध नभएमा ३० महिनाभित्रैमा काम सक्ने हाम्रो लक्ष्य छ’, प्रबन्धक लामाले भने, ‘एघार किमीमा सडक कटिङ हुन्छ, आठ किमी जति कालोपत्र हुन्छ ।’

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : ४७ बजे

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले