रात्रिकालीन बजार सञ्चालन गर्न होटेल व्यवसायीको माग « Khabarhub

रात्रिकालीन बजार सञ्चालन गर्न होटेल व्यवसायीको माग


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

भैरहवा – बढेको ब्याजदर घटाउन र निर्बाध रूपमा रात्रिकालीन बजार सञ्चालन गर्न होटेल तथा पर्यटन व्यवसायीहरूले माग गरेका छन्।

होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको ९औँ वार्षिक साधारण सभामा व्यवसायीहरूले कोभिडले शून्य बनाएको व्यवसाय बिस्तारै चलायमान हुने अवस्थामा बैंकहरूले कर्जामा अस्वाभाविक रूपमा ब्याज वृद्धि गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्। राज्यले रात्रिकालीन बजारको घोषणा भए पनि कार्यान्वयनका लागि प्रशासनमा निवेदन दिनुपर्ने लगायतका प्रक्रिया अझै पनि कायम रहेकोले पर्यटन व्यवसायीलाई निर्बाध रात्रिकालीन व्यवसाय गर्न दिनुपर्ने उनीहरूको माग छ।

होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले व्याज वृद्धिको विषयमा महासंघले निरन्तर लागेको जनाए। व्याजको विषयमा सम्बोधन नभए जिल्ला जिल्लाबाट नेतृत्वले ब्याजदर घटाउन दबाबमूलक केन्द्रीय कार्यक्रम गर्ने उनले जानकारी दिए।

रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र बुद्ध सर्किट, स्थल मार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाकासमेत रहेकोले होटेल तथा पर्यटन व्यवसायको भविष्य उज्ज्वल छ, थुप्रै सम्भावनाहरू रहेको त्यसलाई उजागर गर्नुपर्ने सुनाए।

राज्यको चार खम्बे अर्थनीतिअनुसार पर्यटन क्षेत्रको विकास आर्थिक समृद्धिको प्रमुख आधार भए पनि अस्पष्ट राज्य नीति र अर्थनीतिका कारण व्यवसाय वृद्धिका लागि लिइएका ऋणमा चरम व्याज वृद्धि हुँदा व्यवसाय नै धराशायी भई बन्द गर्नुपर्ने अवस्था आएको अध्यक्ष पिताम्बर न्यौपानेले बताए।

होटेल व्यवसायी महासंघ लुम्बिनीका उपाध्यक्ष समुन्द्र जिसी, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, सिद्धार्थ होटेल एसोसियसन नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशव ज्ञवाली लगायतले पर्यटन व्यवसायीको हाम्रो मुख्य स्रोत नै भारतीय पर्यटक रहेको सहज रूपमा पर्यटन आउने वातावरणको सृजना गर्नुपर्ने, भन्सार, प्रशासन र दलालहरुले पर्यटकलाई सीमामा दिएको अनाहकको सास्ती हटाउनु पर्ने, सरकारबाट प्रचार प्रसार व्यापक रूपमा गर्नुपर्ने, घरबहाल कर र व्यवसाय करमा छुट दिनुपर्ने व्यवस्था गर्नु पर्ने बताए।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १२ : ०२ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा