रात्रिकालीन बजार सञ्चालन गर्न होटेल व्यवसायीको माग « Khabarhub

रात्रिकालीन बजार सञ्चालन गर्न होटेल व्यवसायीको माग


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

भैरहवा – बढेको ब्याजदर घटाउन र निर्बाध रूपमा रात्रिकालीन बजार सञ्चालन गर्न होटेल तथा पर्यटन व्यवसायीहरूले माग गरेका छन्।

होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको ९औँ वार्षिक साधारण सभामा व्यवसायीहरूले कोभिडले शून्य बनाएको व्यवसाय बिस्तारै चलायमान हुने अवस्थामा बैंकहरूले कर्जामा अस्वाभाविक रूपमा ब्याज वृद्धि गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्। राज्यले रात्रिकालीन बजारको घोषणा भए पनि कार्यान्वयनका लागि प्रशासनमा निवेदन दिनुपर्ने लगायतका प्रक्रिया अझै पनि कायम रहेकोले पर्यटन व्यवसायीलाई निर्बाध रात्रिकालीन व्यवसाय गर्न दिनुपर्ने उनीहरूको माग छ।

होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले व्याज वृद्धिको विषयमा महासंघले निरन्तर लागेको जनाए। व्याजको विषयमा सम्बोधन नभए जिल्ला जिल्लाबाट नेतृत्वले ब्याजदर घटाउन दबाबमूलक केन्द्रीय कार्यक्रम गर्ने उनले जानकारी दिए।

रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र बुद्ध सर्किट, स्थल मार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाकासमेत रहेकोले होटेल तथा पर्यटन व्यवसायको भविष्य उज्ज्वल छ, थुप्रै सम्भावनाहरू रहेको त्यसलाई उजागर गर्नुपर्ने सुनाए।

राज्यको चार खम्बे अर्थनीतिअनुसार पर्यटन क्षेत्रको विकास आर्थिक समृद्धिको प्रमुख आधार भए पनि अस्पष्ट राज्य नीति र अर्थनीतिका कारण व्यवसाय वृद्धिका लागि लिइएका ऋणमा चरम व्याज वृद्धि हुँदा व्यवसाय नै धराशायी भई बन्द गर्नुपर्ने अवस्था आएको अध्यक्ष पिताम्बर न्यौपानेले बताए।

होटेल व्यवसायी महासंघ लुम्बिनीका उपाध्यक्ष समुन्द्र जिसी, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, सिद्धार्थ होटेल एसोसियसन नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशव ज्ञवाली लगायतले पर्यटन व्यवसायीको हाम्रो मुख्य स्रोत नै भारतीय पर्यटक रहेको सहज रूपमा पर्यटन आउने वातावरणको सृजना गर्नुपर्ने, भन्सार, प्रशासन र दलालहरुले पर्यटकलाई सीमामा दिएको अनाहकको सास्ती हटाउनु पर्ने, सरकारबाट प्रचार प्रसार व्यापक रूपमा गर्नुपर्ने, घरबहाल कर र व्यवसाय करमा छुट दिनुपर्ने व्यवस्था गर्नु पर्ने बताए।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १२ : ०२ बजे

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा