ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न | Khabarhub Khabarhub

ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा देवचुली र पोखराका ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

पाँच–पाँच जनाको समुहमा विभाजित दुई समूहले ह्वीलचियरकै माध्यमबाट आफ्नो खेल प्रदर्शन गरेका थिए । खेलमा पोखराको समूह विजेता बनेको छ । ह्वीलचियर प्रयोगकर्ता पनि सवलाङ्ग व्यक्तिसरह सक्षम रहेको देखाउन प्रतियोगिता सञ्चालन गरिएको धवलागिरि अपाङ्ग उत्थान संस्था देवचुलीका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

“अपाङ्गता भएकाहरूले पनि सामान्यसरह जे पनि गर्न सक्छन् भन्ने देखाउन खेल खेलिएको हो”, उनले भने, “सरोकारवाला निकायले उचित अवसरको व्यवस्था मिलाउन दबाब पुग्ने आशा लिएका छौँ ।”

सहभागीहरूलाई हौसला प्रदान गर्दै देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले अपाङ्गता भएकाहरूको हकहितका लागि आफू सदैव अगाडि हुने बताए । उनले भने, “स्थानीय सरकारले अपाङ्गतामैत्री सेवा प्रवाह गर्दै सीप र अवसर दिनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ ।”

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ३ : २० बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न