समानुपातिकमा १० दलको ५ हजारभन्दा कम मत « Khabarhub

समानुपातिकमा १० दलको ५ हजारभन्दा कम मत


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकमा १० राजनीतिक दलले पाँच हजार मत समेत कटाउन सकेका छैनन् ।

समानुपातिकतर्फ पाँच हजार मत नकटाउनेमा विवेकशील साझा पार्टी पहिलो नम्बरमा छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार विवेकशील साझाले ४ हजार ३९ मत पाएको छ ।

यस्तै एकीकृत शक्ति नेपालले ३ हजार ७७६ मत पाएको छ । समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ६९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले ३ हजार ४०४ मत, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ३ हजार ३३२ मत ल्याएका छन् ।

त्यसैगरी, मौलिक जरोकिलो पार्टीले ३ हजार २३५, नेपाल समावेशी पार्टीले २,९५२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २ हजार १९१, राष्ट्रिय नागरिक पार्टी २ हजार १४३, नेश्‍नलिष्ट पिपल्स पार्टीले २ हजार १५ मत ल्याएको छ ।

देशभर १ करोड ४ लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ । उसले २७ हाल ८८ हजार ३५६ मत ल्याएको हो । यस्तै नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ ल्याउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत ल्याएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ४ : ३५ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।