पश्चिम बङ्गालमा बम विस्फोट हुँदा त्रिणमूल कंग्रेसका नेतासहित ३ जनाको मृत्यु « Khabarhub

पश्चिम बङ्गालमा बम विस्फोट हुँदा त्रिणमूल कंग्रेसका नेतासहित ३ जनाको मृत्यु


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको पश्चिम बङ्गाल राज्यमा शनिबार राति बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । बम विस्फोटमा परी ज्यान गुमाउनेमा पश्चिम बङ्गालमा प्रभावशाली मानिने त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्ना पनि परेको जनाइएको छ ।

उनको घरमा नै बम विस्फोट गराइएको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । राज्यको मेदिनपुर जिल्लास्थित भूपतिनगरमा रहेको मन्नाको घरमा बम विस्फोट भएको हो ।

सो विस्फोटमा परेर उनीबाहेक अरु दुई जनाको पनि ज्यान गएको बताइएको छ । मारिएका अरु दुई जनामध्ये एक जना मन्नाका भाई र अर्का एक जना सो पार्टीका कार्यकर्ता छन् ।

बम विस्फोटबाट मन्नाको घर जलेर पूर्ण रुपमा ध्वस्त भएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको जनाएको छ । यद्यपि उक्त विस्फोट र हत्याको कारण र उद्देश्य अहिले नै स्पष्ट नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ०५ बजे

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज