बालिकाका लागि आत्मरक्षा तालिम « Khabarhub

बालिकाका लागि आत्मरक्षा तालिम


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा बालिकाका लागि तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ ।

ग्लोबल एक्सन नेपालको आयोजना तथा नगरपालिका, नेपाल आत्मरक्षा सङ्घ र स्थानीय गणेश माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालित तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका नवनिर्वाचित सदस्य जयराम थापाले नेपाली समाजमा देखिएका महिला हिंसाका घटना न्यूनीकरण गर्न यस्ता कार्यक्रमले टेवा दिने बताए ।

सङ्घका अध्यक्ष डिबी रानापालले बालिकालाई सुरक्षाका लागि यस्ता तालिम प्रभावकारी हुने भएकाले मुलुकभरका सबै विद्यालयमा तालिम सञ्चालन हुनुपर्ने बताए । आयोजक ग्लोबल एक्सन नेपालका अध्यक्ष बाबुकाजी श्रेष्ठले सहभागी बालिकाले आफ्ना विद्यालयमा गएर अन्य बालिकालाई जानेको व्यावहारिक र जीवनोपयोगी सीप सिकाउन आग्रह गरे ।

यही मङ्सिर १७ गते सुरू भई मङ्सिर १९ गते सम्पन्न हुने तालिममा नगरपालिकाका सामुदायिक विद्यालयका कक्षा ८ भन्दा माथिका ४५ जना बालिका सहभागी छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : २० बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि