‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषका लागि तीन लाख सहयोग « Khabarhub

‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषका लागि तीन लाख सहयोग


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषका लागि दमक नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गरेको छ ।

पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो ।

नगरपालिकाका उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चारगृहका अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरे । उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग पौठेजोरी खेल्दै सञ्चारगृहमा आबद्ध महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुतनीय रहेकाले उनीहरुले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि सहयोग गरेको बताए ।

नारी सञ्चारगृह विसं २०६८ मा स्थापना भएको हो । संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न सङ्घसंस्थासँग मिलेर काम गर्दै आएको छ । संस्थामा ५० भन्दा बढी महिला आबद्ध छन् । तीन वर्षअघि अक्षयकोषको स्थापना गरिएको हो ।

अक्षयकोषको वृद्धिका लागि गृहमा आबद्ध पत्रकार महिलाले जन्मदिन, वर्षगाँठलगायत वापतको रकमसमेत जम्मा गर्दै आएको शिवाकोटीले बताए । अक्षयकोषका लागि कमल गाउँपालिकाले ५० हजार र अर्जुनधारा नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका उपाध्यक्ष एवं कोषकी संयोजक रेजिना गौतमले चाँडै नै सोही रकमको ब्याजबाट पुरस्कार स्थापनाको तयारी गरिरहेको बताए ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ७ : २१ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न