कुवेतमा कोरोना संक्रमण बढ्यो, सामाजिक जमघटमा प्रतिबन्ध « Khabarhub

कुवेतमा कोरोना संक्रमण बढ्यो, सामाजिक जमघटमा प्रतिबन्ध


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– पछिल्लो दिनहरूमा कुवेतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएसँगै कुवेत सरकारको मन्त्रिपरिषद बैठकले सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

कुवेतस्थित नेपाली दूतावासले जारी गरेको सूचना अनुसार ९ जनवरी देखि २८ फेब्रुअरीसम्म सबै भित्री सामाजिक जमघटहरूमा प्रतिबन्ध लगाइएको हो ।

त्यस्तै कुवेत प्रवेश गर्ने सबै यात्रुहरूले यात्रा गर्नुपूर्व ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने दूतावासले जनाएको छ ।

यसका अतिरिक्त स्थानीय सरकारले जारी गरेको निर्देशनअनुसार कोरोनाविरूद्धको बुस्टर डोज खोप छिट्टै लिनको लागि समेत दूतावासले अनुरोध गरेको छ । पछिल्लो समय कुवेतमा कोभिड–१९ को संक्रमण दर बढिरहेको मंगलबार मात्र नयाँ कोरोना संक्रमित संख्या १ हजार ४८२ पुगेको र हाल सक्रिय संक्रमित संख्या ६ हजार ५४ पुगेको जनाएको छ ।

यसरी बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा एवं सतर्कता अपनाउन त्यहाँस्थित नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

साथै, कोभिड(१९ संक्रमणविरूद्ध अपनाउदै आएका उपायहरू जस्तै सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने र नगर्ने, मास्क तथा पञ्जाको प्रयोग गर्ने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने वा सेनिटाइजरले नियमित रूपमा हात सफा गर्ने, खानपान लगायत स्वास्थ्य(सरसफाइमा विशेष ध्यान दिन पनि अनुरोध गरिएको छ ।

साथै दूतावासले कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएमा नजिकैको स्वास्थ्य केन्द्र अथवा अस्पतालमा तुरून्तै सम्पर्क गर्न समेत अपील गरेको छ ।

–योगेन्द्र योगी

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ३ : १० बजे

चितवनका दुवै ओपनर विराटनगरका मर्चेन्टका शिकार 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर

अफगानिस्तान हवाइ आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको दाबी

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि

महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए

धनगढी- सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले

विराटनगरले लियो चितवनको पहिलो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी