बिम्स्टेक प्रक्रिया सुदृढ बनाउन नेपालको प्रतिबद्धता « Khabarhub

बिम्स्टेक प्रक्रिया सुदृढ बनाउन नेपालको प्रतिबद्धता


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहेका महासचिव लेकफेलसँग प्रधानमन्त्री देउवाले बिम्स्टेकजस्ता क्षेत्रीय संगठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने र बिम्स्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताएका थिए । उनले बिम्स्टेकको प्रगतिलाई सुदृढ तुल्याउन तथा क्षेत्रीय सहयोगको चाहनालाई साकार पार्न महत्वूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका थिए ।

महासचिव लेकफेलले काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण कोसेढुंगा भएको बताउदै नेपालको प्रतिबद्धताको सराहना गरेका थिए ।

श्रीलंकाले कोरोना महामारीका कारण रोकिएको बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी चैतमा आयोजनाको प्रस्ताव गरेको छ । २०५४ सालमा स्थापित बिम्स्टेकमा बंगलादेश, भारत, श्रीलंका, थाइल्याण्ड, भुटान, म्यान्मार र नेपाल सदस्य छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  २ : ५५ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न