दोलखाका विद्यार्थीलाई नेवाः सुन्दरीको सहयोग « Khabarhub

दोलखाका विद्यार्थीलाई नेवाः सुन्दरीको सहयोग


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–‘मिस नेवाः’ र ‘लिटिल मिस नेवाः’हरुले दोलखाका विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री प्रदान गरेका छन् ।

उनीहरुले भीमेश्वर नगरपालिका वडा नम्बर २ फूलपामा रहेको फूलपा प्राथमिक विद्यालयका करिब ७० तथा वडा नम्बर १ दामराङमा रहेका सुन्द्रावती आधरभूत विद्यालयका १ सय ३२ विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।

गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका सञ्चालक समिति अध्यक्ष तथा एमाले नेता राजेन्द्र मानन्धरको पहलमा प्राप्त कपडा तथा शैक्षिक सामाग्री प्रदान गरिएको ‘मिस नेवा’ र ‘मिस लिटिल नेवा’को आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् । नेप्लिज फेसन होम, मिस नेवाः, लिटिल मिस नेवाः, लायन्स क्लब अफ काठमाडौं भ्याली टेम्पल, नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघको सहयोगमा नापी कार्यालय दोलखाका प्रमुख तथा नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका अध्यक्ष तथा एमाले नेता राजेन्द्र मानन्धर, नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर लगायतले ती सामग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेप्लिज फेसन होमले गरेका कार्यक्रमबाट प्राप्त रकमको २५ प्रतिशत आम्दानी सामाजिक कार्यमा खर्च गर्ने गरेको जानकारी दिइयो । चिसोको समयमा बालबालिकाहरुलाई कपडा सहयोग गरेकोमा अभिभावकहरुले खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ४ : २९ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले