बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी « Khabarhub

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले गैरकानुनी रुपमा बढी शुल्क लिने मेडिकल कलेजलाई कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गैरकानूनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी लिएको जनगुनासोप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘विगतमा यस मन्त्रालय र गृह मन्त्रालयले समेत निर्धारित शुल्क भन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणमा यो सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ८ : ०० बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले