विश्वभर संक्रमितको सङ्ख्या ३९ करोड नाघ्यो, ३१ करोडले जिते कोरोना « Khabarhub

विश्वभर संक्रमितको सङ्ख्या ३९ करोड नाघ्यो, ३१ करोडले जिते कोरोना


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३९ करोडभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म २७ लाख ३१ हजार नयाँ सङ्क्रमित थपिएका छन्।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३९ करोड १० लाख ७९ हजार २८३ पुगेको छ। जसमध्ये ३१ करोड ८३ हजार ८९६ जना भने निको भएका छन् ।

वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २२ लाख ९४ हजार ९७१ जना सङ्क्रमण मुक्त भएका छन्। यस्तै गत २४ घण्टामा ९ हजार ९ सय १० सङ्क्रमितको भने मृत्यु भएको छ।

योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ४१ हजार ५१३ पुगेको छ। अझै पनि विश्वभर ७ करोड ५२ लाख सक्रिय सङ्क्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ५ : ४२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम