महंगो इन्धनले विद्युतीय सवारीमा आकर्षण | Khabarhub Khabarhub

महंगो इन्धनले विद्युतीय सवारीमा आकर्षण

सडकमा इलेक्ट्रिक स्कुटरको संख्या बढ्दै


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्धनको मूल्य लगातार बढेसँगै विकल्पको खोजी सुरु भएको छ। पेट्रोल प्रतिलिटर १४२ पुगेपछि विद्युतीय स्कुटर र मोटरसाइकल उपभोक्ताको रोजाइमा परेका छन्।

काठमाडौँ – कोरोना महामारी सुरु भएयता नेपालमा विद्युतीय गाडीको आयात र बिक्री बढेको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा इन्धनले चल्ने गाडीभन्दा विद्युतीय गाडीमा उपभोक्ताको आकर्षण बढेको हो। बढ्दो प्रदूषणलाई नियन्त्रण गर्न पनि विश्वव्यापी रुपमा विद्युतीय गाडी चढ्ने ‘ट्रेन्ड’ बढ्दो छ।

आयल निगमको पछिल्लो मूल्य वृद्धिअनुसार पेट्रोलकोे मूल्य प्रतिलिटर १४२ रुपियाँ पुगेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। इन्धनको मूल्य चर्को बन्दै जाँदा विद्युतीय गाडीको प्रयोग झन् बढ्ने देखिन्छ। त्यसमा पनि मोटरसाइकल र स्कुटर उपभोक्ताको पहिलो रोजाइमा छन्।

विद्युतीय गाडी ब्याट्री चार्ज गरेर सजिलै चलाउन सकिन्छ। अन्तर्राष्ट्रिय बजारमा समेत अहिले कच्चा तेलको मूल्य बढिरहेको छ। यसले विद्युतीय गाडी आवश्यकतासँगै बाध्यतासमेत बन्ने देखिन्छ।

दुई पाङ्ग्रे सवारीमा अहिले एक पटक चार्ज गरेपछि एक सय किलोमिटर माथिका इलेक्ट्रिक स्कुटर पर्याप्त मात्रामा उपलब्ध छन्। केहिले मोटरसाइकल समेत उपलब्ध गराएका छन्। तर, धेरैको आकर्षण स्कुटरमा छ।

सामान्यतया स्कुटरलाई छोटो दूरीमा छिटो यात्रा गर्न सहज हुने साधनका रुपमा लिने गरिन्छ। महिलाको लागि चलाउन सहज हुने हुँदा नेपालमा स्कुटरको प्रयोग महिला राइडरले बढी मात्रामा गर्ने गरेका छन्। कार्यालय प्रयोजनसँगै बाहिर किनमेल प्रयोजनमा स्कुटरको प्रयोग हुन्छ।

कतिपयले भने स्कुटरमै हाइवेको लामो यात्रा समेत तय गर्ने गर्छन्। नेपालमा एउटा स्कुटरले दैनिक औसतमा ५० किलोमिटरभन्दा बढी यात्रा तय नगर्ने विभिन्न अध्ययनले देखाएको छ। यत्ति यात्राका लागि डेढदेखि दुई लिटरसम्म पेट्रोल खर्च हुने गरेको पाइन्छ। जुन झण्डै अढाई सय रुपैयाँ हो। तर, इलेक्ट्रिक स्कुटरमा उक्त दूरीको यात्रा तय गर्न जम्मा २० रुपैयाँ पनि नलाग्ने अध्यनले देखाएको छ।

नेपालमा विभिन्न देशबाट स्कुटर आयात हुँदै आएका छन्। नेपालमा सुपरसीको, एडिया मोटर्स, अष्ट अटोमोबाइल, छिङ फु, टुनवाल नेपाललगायत कम्पनीले विद्युतीय स्कुटर उत्पादन गर्ने गर्छन्।

उपभोक्ताको माग बढ्दै गर्दा नेपालमा उत्पादित विद्युतीय स्कुटरको प्रयोग बढ्नुपर्ने हो। तर, त्यसरी बढेको भने पाइँदैन। नेपालमा पहिलोपटक दुहान कम्पनीले तीन पाङगे्र विद्युतीय स्कुटर बजारमा ल्याएको थियो। यो स्कुटरको ब्याट्री चारदेखि पाँच घन्टा चार्ज गर्दा ७० किलोमिटरसम्म गुडाउन मिल्छ।

गाडी चढ्ने हैसियत बनाएका उपभोक्ता आर्थिक रुपले सम्पन्न हुनेहुँदा पेट्रोलको मूल्यले खासै असर गर्दैन । यसको सिधा असर मोटरसाइकल र स्कुटर प्रयोग गर्ने कामकाजी उपभोक्तामा देखिन्छ ।

पछिल्लो समय नेपालमा टेरा इकोको विद्युतीइ स्कुटर बजारमा आएको छ। यसको ब्याट्रीपाँच देखि सात घन्टा चार्ज गरेमा ७५ देखि ८० किलोमिटर गुड्छ। टेरा–इकोको विद्युतीय स्कुटरको मूल्य १ लाख ६५ हजार रुपैयाँ पर्छ।
संचालन खर्च न्युन भएता पनि नेपालमा विद्युतीइ स्कुटरको बिक्री कम छ। स्कुटर खरिद गर्ने ग्राहकलाई केही आयातकर्ता कम्पनीले शर्त बमोजिम सर्भिस दिन नसकेका कारण हालसम्म पनि यस्ता स्कुटरमा प्रयोगकर्ता सकारात्मक बन्न सकिरहेका छैनन्।

इलेक्ट्रिक स्कुटरको ब्याट्री सामान्य प्लगबाटै चार्ज गर्न मिल्छ। जसका कारण इलेक्ट्रिक स्कुटरमा चार्जिङको समस्या रहेको पाइँदैन। एकपटक फूलचार्ज गरेपछि १ सय किलोमिटरसम्म यात्रा गर्न सकिने हुँदा छोटो दुरीमा यात्रा तय गर्न सकिन्छ। हाल बजारमा उपलब्ध केही स्कुटरमा उत्पादक कम्पनीले अत्याधुनिक लिथियम आयोन ब्याट्री प्याक दिएका कारण ब्याट्रीसमेत लामो समयसम्म टिक्ने टिक्छ। इलेक्ट्रिक स्कुटरको मुख्य विषेशता भनेको चाँबी बिना पनि स्टार्ट गर्न सकिन्छ। नेपालमा अझै पर्याप्त पूर्वाधार नबनेको भन्दै यस्ता स्कुटरको प्रयोगमा कमी छ।

पेट्रोलको मूल्य बढ्दा सबैभन्दा बढी मार निम्न मध्यम आय भएका दुई पाङ्ग्रे राइडरमा पर्ने देखिन्छ। गाडी चढ्ने हैसियत बनाएका उपभोक्ता आर्थिक रुपले सम्पन्न हुने हुँदा उनीहरुलाई थोरैमात्र रकमले वृद्धि भएको पेट्रोलको मूल्यले खासै असर नगर्ने भए पनि मोटरसाइकल र स्कुटर प्रयोग गर्ने अधिकांश कामकाजी उपभोक्तालाई भने प्रत्यक्ष असर पार्ने देखिन्छ।

यद्यपि, बढ्दो इन्धनको मूल्य, लाइन लाग्नुपर्ने बाध्यता, प्रदूषण न्युनिकरण गर्नुपर्ने विश्वव्यापी नियमका कारण पनि विस्तारै विद्युतीय गाडीमा उपभोक्ताको मन आकर्षित भइरहेको छ।

सरकारले आवश्यकता अनुसार पूर्वाधार विकास गरेमा विद्युतीय गाडीको बिक्री नेपालमा विस्तारै बढ्दै जाने देखिन्छ। अहिले फाट्टफुट्ट देखिएका विद्युतीय सवारी विस्तारै सडकमा बाक्लै देख्न सकिने छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ४६ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको