किसानको समस्या समाधान गर्न प्रदेस सरकारद्वारा उच्चस्तरीय समिति गठन « Khabarhub

किसानको समस्या समाधान गर्न प्रदेस सरकारद्वारा उच्चस्तरीय समिति गठन


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश सर्राफ रहेका छन् ।

समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रीकीकरणको अवस्था र आगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेस प्रदेशको भूउपयोग नीति निर्माण एवं कषि सुधारका लागि गरिएका गतिविधिको समीक्षा एवं आगामी योजनाका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

पन्ध्र दिनभित्र अन्तरिम प्रतिवेदन र एक महिनामा पूर्ण प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्न उच्चस्तरीय समितिलाई समय सीमा दिइएको प्रवक्ता साहले बताए ।

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १२ : ४५ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत