घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड « Khabarhub

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओईरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओईरो लागेको हो ।

वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरूमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुशी भएका छन् ।

हिमपातसँगै चिसो अत्याधिक बढेको र चिसोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएको घलेगाउँका विष्णुमाया घले बताउँछिन् । तर, अहिलेको हिमपात र बालिनाली सप्रिने भएकाले किसानहरू भने खुसी भएका छन् । सुख्खा जमिनमा हिमबर्षा हुँदा सिंचाई पुग्नुका साथै जडिबुटी समेत उम्रने स्थानीय गमल बिकको भनाइ छ । घलेगाउँसँगै मस्र्याङदीको सिउरुङ, हर्सिङडाँडा, बेसीशहर नजिकैको वनक्षेत्र, दुधपोखरी, दोर्दीको माथिल्लो भेगलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातका कारण हरियो जंगल र काला पहाड पुरै सेताम्मे देखिएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १ : १५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको