मधेश प्रदेशमा कृष्णबहादुर राउतलाई प्रमुख सचिवको जिम्मेवारी « Khabarhub

मधेश प्रदेशमा कृष्णबहादुर राउतलाई प्रमुख सचिवको जिम्मेवारी


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– संघ सरकारले मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारी कृष्णबहादुर राउतलाई दिएको छ ।

शनिबार मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचिव राउतलाई स्वागत गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय करिब एक महिनादेखि प्रमुख सचिवविहीन बनेको थियो । यसअघि, हरिप्रसाद मैनालीले प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।

मधेश प्रदेशमा प्रमुख सचिवसहित १८ सचिवको दरबन्दी रहेकामा अहिले ८ सचिव मात्र कार्यरत छन् । प्रमुख सचिवको अभावमा मन्त्रिपरिषद् बैठक, आर्थिक कार्य, अनुगमन, कर्मचारी सरुवा, राहत वितरणलगायत कामहरू प्रभावित हुने गरेका थिए ।

प्रदेश सरकार स्थापना भएको ४ वर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्रै ६ सचिवको सरुवा भइसकेको छ । यस कार्यालयमा हालसम्म प्रमुख सचिवका रूपमा राजेश्वरमान सिंह, दीपक सुवेदी, रामकृष्ण सुवेदी, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी र हरिप्रसाद मैनाली कार्यभार सम्हालेर सरुवा भइसकेका छन् । यिनीहरूमध्ये राजेश्वरमान सिंह र दीपक सुवेदी मात्रै एक वर्षसम्म मुख्यमन्त्री कार्यालयमा बसे । बाँकी सचिव ६ देखि ७ महिनामै सरुवा भएका थिए ।

संघ सरकारले थोरै समयमा सचिवहरू सरुवा गर्ने गरेकाले प्रदेश सरकारले सोचअनुसार काम गर्न नपाएको आरोप मुख्ममन्त्री तथा मन्त्रीहरूले लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ३ : ०० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्