मन्त्री कार्कीद्वारा गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई निर्देशन « Khabarhub

मन्त्री कार्कीद्वारा गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई निर्देशन


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढङ्गले सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, ‘जस्तोसुकै प्राकृतिक विपत्तिको समयमा पनि यो कम्पनीले दुर्गम क्षेत्रमा समेत सुलभ सेवा दिएको छ, यसलाई अझै ग्राहकमुखी बनाउँदै लक्ष्य प्राप्त गर्नुपर्नेछ ।’ उनले सरकारले अघि सारेका नीतिनियम र कानूनको अवलम्बन गर्दै नेपाल टेलिकमले देशको आर्थिक, सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे ।

मन्त्री कार्कीले टेलिकमलाई अझै अग्रणी र जिम्मेवार बनाउन अप्टिकल फाइवरको जतिसक्दो चाँडो विस्तार गर्नुपर्ने बताउँदै मुलुकका सबै स्थानीय तहमा जतिसक्दो चाँडो तीव्रगतिको इन्टरनेट सेवा पुर्‍याउनुपर्नेमा जोड दिए । उनले टेलिकमले आफ्ना सेवाहरुलाई समयसापेक्ष परिवर्तन गरी लैजानुपर्ने बताउँदै कम्पनीको समग्र विकास र विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मन्त्रालयका सचिव तथा टेलिकमका बोर्ड अध्यक्ष डा बैकुण्ठ अर्यालले ग्राहक मात्रै बढाउनेभन्दा पनि गुणस्तरीय सेवा विस्तारमा जोड दिन टेलिकमका कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘अहिले मोबाइलको नेटवर्कको समस्या छ, सेवा विस्तार गुणस्तर कस्तो छ, त्यो महत्वपूर्ण हुन्छ, ग्राहक बढाएसँगै गुणस्तर पनि बढाउनुपर्छ ।’

आजभन्दा १८ वर्षअघि स्थापना भएको सो कम्पनीको ग्राहक आधार करिब चार लाख २२ हजार रहेकामा २०७८ साल मङ्सिर मसान्तसम्ममा दुई करोड २७ लाख नाघेको छ ।

टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले हाल मुलुकको करिब ७५ प्रतिशत जनसंख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको जानकारी दिइन् । आर्थिक वर्ष २०७७÷७८ मा कम्पनीको कूल आय रु ४२ अर्ब २१ करोड पुगेको छ । कम्पनीको खुद मुनाफा रु सात अर्ब १३ करोड भएको बताइएको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीले रु २१ अर्ब ४३ करोड राजस्व प्राप्त गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.७५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ४ : ४५ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज