सुनसरीमा भएको दुर्घटनाका तीनै जना मृतकको सनाखत « Khabarhub

सुनसरीमा भएको दुर्घटनाका तीनै जना मृतकको सनाखत


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको लौकहीमा बस र ट्रक ठोक्किएर भएको आगलागीमा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

गएराति कोशी गाउँपालिका–१ लौकहीको खुनियाधारमा बस र ट्रक जुध्दा आगलागीसमेत भएको थियो । दुर्घटनामा बस चालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसका यात्रु भारत पश्चिम बङ्गालका २३ वर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोजको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ना.५ ख २९९६ नम्बरको ट्रक र ना.८ ख ८४९३ नम्बरको ठोक्किएका थिए । दुर्घटनासँगै बस र ट्रकमा आगलागी भएको थियो । दुर्घटनापछि भएको आगलागीका कारणले तीन जनाको जलेर मृत्यु भएको छ । गाडीहरू पूर्ण रूपमा जलेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ५ : ३४ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज