नयाँ कलाकारलाई स्टार बनायौँ, तर संस्कार दिएनौँ | Khabarhub Khabarhub

नेपाली सिनेमा

नयाँ कलाकारलाई स्टार बनायौँ, तर संस्कार दिएनौँ

‘गोर्खा वारियर २ ड्रिम प्रोजेक्ट भएकाले विशेष बनाउँछौँ’


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मिलन चाम्स नेपाली सिने जगतका एक फरक र सफल निर्देशकका रुपमा परिचित छन् । उनले बनाएको ‘वीरविक्रम’ र ‘ब्लाइन्ड रक्स’ले बक्स अफिसमा राम्रै छाप छाडेका थिए । यसैबाट उनको परिचय फराकिलो बनेको हो । त्यसबाहेक उनले निर्माण तथा निर्देशन गरेका ‘बबी’, ‘ह्याप्पी डेज’, ‘लिलीबिली’, ‘हँसिया’ पनि नेपाली चलचित्रमा चर्चा हुने फिल्म हुन् । पछिल्लो समय उनी ‘गोर्खा वारिएर २’ को सुटिङमा व्यस्त छन् । उनै निर्माता तथा निर्देशक मिलन चाम्ससँग सुवास प्रधानले गरेकाे कुराकानीको सम्पादित अंशः

पछिल्लो समयको व्यस्तता र गोर्खा वारियरको सुटिङ कस्तो चल्दैछ ?

चलचित्र क्षेत्रमा आएको करिब २० वर्षको समयमा ड्रिम प्रोजेक्टको रुपमा मैले गोर्खा वारियर २ गर्दैछु । यो चलचित्रमा मैलै आफनो क्षमता देखाउने मौका पाउने छु । यो चलचित्र नेपाली सिनेमाको लागी उत्कृष्ट हुनेछ । व्यस्तता पनि हिजोआज यसैमा छ ।

यो फिल्मले नेपाली सिनेमाको स्तरलाई थप उचाई दिन्छ ?

मेरो विश्वास छ । यो फिल्मले नेपाली सिनेमालाई नयाँ उचाई दिनेछ । जो सिनेमा राम्रो बनाउछु भनेर लाग्नुहुन्छ उँहाले राम्रो बनाउन कोसिश गर्नुहुन्छ । तर पनि राम्रोे बनाउने मान्छे कमै हुनुहुन्छ । सिनेमाको क्याटेगोरी छुट्याउने मापदण्ड नभएकाले पनि राम्रा नराम्रा सिनेमा कसलाई भन्ने भन्नेमा द्धिविधा छ । कतिपय मेकरहरुले सिनेमाको गुणस्तरमा ध्यान दिनुभएको छ भने कतिपयले मापदण्डमा ध्यान नदिई खाली दर्शकले रुचाउने र धेरै आम्दानी हुने फिल्म बनाउनु भएको छ । जहाँ सिनेमाको स्तर नाजुक देखिन्छ । सबन्धित निकायले सिनेमाको क्याटेगोरी छुट्टाइदिए अझै राम्रो हुने थियो । कतिपयले थोरै बजेटमा पनि राम्रो सिनेमा बनाएर आफनो क्षमता देखाउनु भएको छ । चलचित्र विकास बोर्ड, निर्माता सघ, निर्देशक समाज सबैले समन्वय गरेर अगाडि बढियो भने अन्तराष्ट्रिय स्तरमा पुग्न सकिन्छ ।

सिनेमाको गुणस्तरको कुरामा चुनौति र समस्या कहाँनेर छ ?

नातावादको भरमा कलाकारिता क्षेत्रमा आउँदा कतिपयले कलाकारिताकोे मर्म नबुझ्नाले हामीले उत्कृष्ट कलाकारलाइ छनोट गरेर अवसर दिने गरेका छौँ ।अहिलेको धेरै कलाकारमा सिनियरलाई नमान्ने मेकरलाइ नमान्ने प्रवृत्ति बढिरहेको छ । मैले बनाएको स्टार धेरै छन, उनीहरुलाई हामीले सस्ंकार दिन सकेनौ कि भनेर मलाई पनि दुःख लाग्छ । पुराना कलाकारको संस्कार धेरै राम्रो छ । अहिलेको कलाकारमा अनुशासन नभएको र मपाइँत्व प्रवृत्ति बढेकाले संस्कार सिक्नु र अनुशासनमा रहनु आवश्यक छ । हामीले व्यवसायिकतालाई ध्यानमा राखेर ‘सिर्जना सुत्र’सगँ पनि सहकार्य गर्छौँ । जहाँ राम्रा कलाकारले अवसर खोजिरहेका छन् । उनीहरुलाई हामी प्राथमिकता दिन्छौँ । नातावाद र कृपावादले गुणस्तर आउँदैन ।

राम्रो चलचित्र बनाउने खास उपाय र आइडोलोजी के हो ?

मेरो आफ्नै म्यानेजमेन्ट टिम छ । जब टिम राम्रो बन्छ, तब मात्र चलचित्र राम्रो बन्ने हो । टिमलाई राम्रोसँग व्यवस्थापन गर्न सकियो भने राम्रो चलचित्र बनाउन सकिन्छ । मैले आफ्नो जीवन नै सिनेमा क्षेत्रमा बिताउन लागिसकेको छु । मैले आफनो टिम व्यवस्थापन गर्दै चलचित्र बनाइराखेको छु । यसले नै राम्रो फिल्म बनाउन पूरा आइडोलोजीको काम गर्छ । कुनै सैद्धान्तिक ज्ञानभन्दा थोरै माथि उठेर प्राविधिक ज्ञान हासिल गर्दै टिमवर्कमा बसेर राम्रो चलचित्र बनाउन सकिन्छ ।

नेपाली फिल्म क्षेत्र जहिले सरकारको प्राथमिकतामा परेको छैन भन्छन्, खास कारण र समस्या के देख्नुहुन्छ ?

नेपाल सरकारले चलचित्र क्षेत्रलाई उद्योग मानेको छैन । सरकारले मात्र होइन, विभिन्न संघ संस्थाले नेपाली चलचित्र उद्योगलाई एउटा फरक र नयाँ आशातित क्षेत्रमा रुपमा बुझ्न मान्दैनन् । मैले गोर्खा वारिएर फिल्म बनाउनलाई सामान ल्याउन सरकारले समन्वय नगरेका कारण एकदमै गाह्रो भयो । यो क्षेत्रलाई चलचित्र क्षेत्र मात्रै होइन, लाखौँ करोडौँ कमाउन सक्ने उद्योगका रुपमा विकास गर्न सरकार र सम्बन्धित निकाय राम्रोसँग लाग्न जरुरी छ ।

अन्तिममा, नेपाली चलचित्रबारे के भन्नुहुन्छ ?

पर्यटन क्षेत्रमा चलचित्र क्षेत्रको अत्यन्तै राम्रो भुमिका रहन्छ । मनाङ, मुस्ताङको पर्यटन चलचित्र क्षेत्रले गर्दा नै सबैठाउँमा चर्चा चुलिएको हो । समाजको लागी चलचित्र ऐना हो ।चलचित्रले समाजको वास्तविक घटनालाई समेट्ने गर्छ । सरकारले नेपाली चलचित्रको स्तर बढाउनको लागी प्रभावकारी काम र सहजीकरण नगर्दा धेरै समस्या छ । यसका लागि उपयुक्त नीति बनाउन आग्रह गर्दछु । र, नेपाली चलचित्र क्षेत्रलाई साथ, सहयोग र माया दिन पनि आग्रह गर्छु ।

प्रस्‍तुती : विपना थापा 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : २९ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका