उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले जापानको सागरमा क्षेप्यास्त्र परीक्षण गरेको हो ।

राजधानी प्योङयाङ नजिकैको सुनान क्षेत्रबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ५६० किलोमिटरको उचाइसम्म पुगी २७० किलोमिटर टाढा गई खसेको दक्षिण कोरियाली सेनाले जनाएको छ । विज्ञप्ति जारी गर्दे दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले अन्तर्राष्ट्रिय समुदायका लागि खतरा उत्पन्न गर्ने र कोरियाली प्रायद्वीपमा शान्ति र स्थीरतालाई खलल पु र्‍याउने भन्दै यसको निन्दा समेत गरेको छ ।

पछिल्लो परीक्षणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो वर्ष २०२२ मा मात्रै उत्तर कोरियाको यो नवौँ क्षेप्यास्त्र परीक्षण हो ।

केही दिनअघिमात्रै उत्तर कोरियाले जासुसी भूउपग्रहका लागि विशेष क्यामेराको परीक्षण गरेको दाबी गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ४ : ३८ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु