महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ | Khabarhub Khabarhub

महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रको राममन्दिर एवं आर्यघाट परिसरमा जम्मा भएको फोहर सफाइ गरिएको छ ।

बाग्मती सफाइ महाअभियानको ४६० औँ हप्तामा पशुपति राममन्दिर, आर्यघाटबाट सूर्यघाटसम्म सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बाग्मती सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, नेपाली चलचित्रका नायिका निरुता सिंह, तिलगङ्गा महिला समूहका संयोजक एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य आशा पाण्डेसहित समूह, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, सिजन मिडिया, बाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), विभिन्न सङ्घसंस्था एवं बाग्मती सफाइ अभियानकर्मीको सक्रियता रहेको थियो ।

२०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । पछिल्लाे समय बाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी, काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

त्यस्तै, आज गुह्येश्वरीमाथिको बाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी छ । 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ३३ बजे

शिक्षक महासंघको चेतावनी : शिक्षा विधेयक तत्कालै पारित नभए फेरि आन्दोलनमा होमिन्छौँ

काठमाडौं- नेपाल शिक्षक महासंघले संसद्‍बाट पारित गर्ने तयारीमा रहेको विद्यालय

कैलाली–कञ्चनपुर जलमग्न, सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह  

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षालाई विपद्को समयमा उच्च सतर्कता

मन्त्रिपरिषद्को निर्णय : सहकारीको कर्जाबारे कारबाही र असुलीका लागि तीन सदस्यीय न्यायाधिकरण गठन

काठमाडौं– सरकारले सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र

नेविसंघको असन्तुष्ट पक्षले घेर्‍यो सानेपा (तस्बिरहरू)

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

लगातारको वर्षापछि धनगढी आसपासका क्षेत्र जलमग्न

कैलाली– गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न