हत्या घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ « Khabarhub

हत्या घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  काठमाडौँको बुढानीलकण्ठ नगरपालिका बस्ने मानबहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका याकुब चौधरी र  सर्लाही बरहथवा नगरपालिका-८ का एक किशोर छन् ।

बुढानीलकण्ठ नगरपालिका  श्रीनगर टोलमा गत मंगलबार  रावतको रगताम्य अवस्थामा शव फेला परेको थियाे । घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धनमा  मान बहादुर र अरोपितबीच लागू‌‌‌‌औषध खरिदको विषयमा विवाद भएकाे थियाे । अभियुक्तहरूले  कुटपिट र बाँसको लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका खुल्न आएको हो । 

प्रहरीले घटनामा प्रयोग भएको १ थान बाँसको लठ्ठीसमेत बरामद गरेको छ । उनीहरूउपर कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : ३८ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका