डुब्न लागेको भोडाफोन उकास्न १ खर्ब ४५ अर्ब भारु लगानी जुटाइने « Khabarhub

डुब्न लागेको भोडाफोन उकास्न १ खर्ब ४५ अर्ब भारु लगानी जुटाइने


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक संकटसँग जुझिरहेको भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियाले कम्पनीलाई जोगाउने योजना स्वीकृत गरेको छ । कम्पनीको बोर्ड बैठकले कम्पनीलाई जोगाउनका लागि कूल १ खर्ब ४५ अर्ब भारतीय रुपैयाँ संकलन गर्ने योजना पारित गरेको हो ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार कम्पनीले ऋण र इक्विटीको निष्कासनबाट १ खर्ब भारतीय रुपैयाँ जुटाउनेछ । त्यस्तै, बेलायतस्थित भोडाफोन कम्पनी र भारतको बिरला समूहले कम्पनीमा ४५ अर्ब भारु लगानी गर्ने निर्णय भएको छ ।

कम्पनी बोर्डले कम्पनी उकास्न पुँजी जुटाउने निर्णय गरेपछि मुम्बईस्थित बम्बे स्टक एक्सचेन्जमा कम्पनीको शेयर पनि बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बोर्डको यो निर्णय पारित गर्न आगामी मार्च २६ मा कम्पनीको विशेष साधारणसभा पनि डाकिएको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : ३३ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको