५० रूपैयाँ भाडा नदिँदा हत्या ! « Khabarhub

५० रूपैयाँ भाडा नदिँदा हत्या !


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साँझ करिब ६ बजे। भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरे र भने, ‘आज मेरो डेरामा बसौँ है।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने।

उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो। नाता दाजुभाइको। तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ।

फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्रकहाँ बस्न हिँडे। जाँदै गर्दा राजेन्द्रसँग उनको भेट धनगढी-२ बेहडीको रुवस होटल नजिक भयो।

२४ वर्षीय राजेन्द्र से १ ह २८६६ नम्बरको अटोका चालक पनि हुन्। अटो रोकेर होटल नजिकैको कटेजमा ५०-५० रूपैयाँको मदिरा दुवैले खाए। त्यसपछि राजेन्द्रको कोठा धनगढी-५ सन्तोषी टोल हुँदै लागे, दुवै जना।

रातको त्यस्तै ८ : ३० बजेको थियो। उनीहरू प्रदेशसभा भवन अगाडि पुगे। जहाँ राजेन्द्रले चलाएको अटोलाई कुलदीप गुप्ताले रोके। उनी जाने चाहिँ जालीगाउँ हो।

राजेन्द्रले भने : भाडा ५० रूपैयाँ लाग्छ है।
कुलदिपले भने : हुन्छ।

केही सयममै उनीहरू पुगे, नैनादेवी चोक। त्यहाँदेखि अगाडि बढ्दै गर्दा राजेन्द्रले कुलदिपसँग भाडा मागे।

जवाफमा कुलदिपले हिन्दीमा भने,- ‘मे अटोका भाडा नही दुङ्गा, तुम जो करो।’

यसपछि उनीहरूबीच विवाद भयो। विवाद गर्दै केराबारी पुगे। जुन धनगढी उपमहानगरपालिका-५ मा पर्छ।

त्यहाँ पुगेपछि भाडा नदिए ओर्लिन कुलदिपलाई भने। तर, मानेनन्।

नमानेपछि अटोदेखि झार्न खोज्दा भूपेन्द्र र कुलदिपबीच हातहालाहाल भयो। राजेन्द्रले कुटे कुलदिपलाई। त्यहीबेला अटोको पछाडि भागमा रहेको काठको मुङ्ग्रो ल्याइ भूपेन्द्रले कुलदिपको छाती र पेटमा ५/६ पटक प्रहार गर्दा सडक छेउ नालीमा ढलेको भूपेन्द्रले प्रहरीसँगको बयानमा भनेका छन्।

त्यसपछि फेरि नालीमै गएर अनुहार र टाउमा त्यही मुङ्ग्रोले पटकपटक प्रहार गरेको पनि बयानमा उल्लेख छ।

कुलदिपको हत्या घटना भने २३ फागुनको बिहान मात्र सार्वजनिक भएको हो। सडक छेउ नालीमा शव देखेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

त्यसपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा भूपेन्द्र र राजेन्द्र मुछिएको पाएपछि प्रहरीले दुवैलाई २७ फागुनमा सन्तोषी टोलबाट पक्राउ गरेको हो।

कैलाली प्रहरीले अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कैलालीले सोमबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा पनि दायर गरेको छ।

अभियोग पत्रमा भूपेन्द्र र राजेन्द्रलाई मुलुकी अपराध संहिता- २०७४ को ज्यानसम्बन्धी कसूरको उपदफा (२) अनुसार न्यायाधिवक्ता राजेन्द्रसिंह भण्डारीले जन्मकैदको मागदावी गरेका छन्।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ०२ बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा