रुसले आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने « Khabarhub

रुसले आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रूसले आफ्नो देशलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने आदेशपत्रमा हस्ताक्षर गरेको छ।

रुसले मस्कोका नजरमा ‘मैत्रीपूर्ण’ ठहर नभएका मुलुकका नागरिकलाई भिसा जारी नगर्ने आदेशपत्रमा सोमबार हस्ताक्षर गरेको हो।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसमाथि अमेरिका, क्यानाडा र बेलायतलगायत युरोपेली मुलुकले आर्थिक प्रतिबन्ध लगाएका छन्। यो कदमप्रति रुष्ट रुसले यस्तो कदम चालेको हो।

समेबार जारी भएको आदेशपत्र अनुसार रूसले नर्वे, स्वीट्जरल्याण्ड, डेनमार्क र आइसल्यान्डलगायत केही युरोपेली राष्ट्रका नागरिकलाई भिसा जारी नगर्ने भएको छ।

रुसले जारी गरेको आदेशपत्रले रूसी विदेश मन्त्रालयलाई रूसविरुद्ध शत्रुतापूर्ण व्यवहार गर्ने विदेशी व्यक्ति विशेष तथा त्यस्ता मुलुकका कानुनी निकायलाई रूस प्रवेश गर्नबाट रोक्न निर्देशन दिएको हो। यो खबर रोयर्टसमा छ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : २७ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि