स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउँछौँ : गुरुराज घिमिरे « Khabarhub

स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउँछौँ : गुरुराज घिमिरे


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाली कांग्रको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले स्थानीय सरकारको काम प्रभावकारी बनाउन स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउने जनाएको छ ।

जनताका आवश्यकताका आधारमा काम गर्ने, भौतिक पूर्वाधारलाई प्राथमिकता दिने र स्थानीय स्रोत साधानको उच्चतम प्रयोग गरी साधन स्रोत सम्पन्न सरकार बनाउने गरी मार्गचित्रलाई घोषणापत्रमा उल्लेख गरिने समिति सदस्य गुरुराज घिमिरेले बताए ।

उनले एकाधबाहेक वर्तमान स्थानीय सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको टिप्पणी पनि गरे ।

‘स्थानीयको परिकल्पना हामीले जनताको नजिकको सरकारको रूपमा गरेका हौँ । तर, काम प्रभावकारी भएन एकाधबाहेक । अब जनताले अनुभूति गर्नेगरीको कार्यक्रम समावेश गरेर स्थायी सरकारको स्पष्ट मार्गचित्र घोषणापत्रमा समावेश गर्छौं,’ घिमिरेले भने ।

सोमबार महामन्त्री गगनकुमार थापाको संयोजकत्व रहेको समितिमा २८ थप गरिएको थियाे ।

समिति सदस्यहरूमा डा. आरजु राणा देउवा, मधु आचार्य, प्रा. डा. गोविन्दराज पोखरेल, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुंगाना, दिलिपप्रताप खाँण, वंशलाल तामाङ, विजय शंकर यादव, उमा थापा मगर, भुपेन्द्र राई, ममता महतो, डा. जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शंकर तिवारी, पुरुषोत्तम नेपाल, डा. इन्द्रा अधिकारी, डा. अभिमन्यु सिंह, डा.बुद्धिमान श्रेष्ठ,  मनिष झा, जिमी लामा र शिलशिला आचार्य रहेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ३७ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि