‘अहिले वाम एकताको सम्भावना छैन’ | Khabarhub Khabarhub

‘अहिले वाम एकताको सम्भावना छैन’



नेकपा एमालेको केन्द्रीय सचिव पद्मा अर्याल तत्कालीन केपी ओली नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा चर्चा पाएकी नेतृ हुन्। मन्त्रलायको नेतृत्वमा रहँदा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटिएको नेपालको नक्सा सार्वजनिक गरेपछि उनको चर्चा भएको हो। ओली नेतृत्वकै सरकारमा उनले २०७७ पुस १३ गतेदेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी लिएकी थिइन्। स्याङ्जा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता तथा तत्कालीन उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेपछि अर्यालको चर्चा चुलिएको थियो। अर्याल २०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष मतदानबाट निर्वाचित हुने आठ जना महिलामध्ये एक हुन। एमालेको पहिलो महिला जिल्ला अध्यक्षको रुपमा स्याङ्जा जिल्लाको नेतृत्व सम्हालेकी अर्याल राष्ट्रिय राजनीतिमा उदायकी छन्। २०३७ सालदेखि वामपन्थी राजनीतिमा सक्रिय अर्याल, २०६४ को संविधानसभामा समानुपातिक सभासद्, २०६७ मा अखिल नेपाल महिला संघको सचिव र २०७१ सालमा एमालेको केन्द्रीय सदस्य बनेकी हुन। नेतृ अर्यालसँग स्थानीय तहको चुनावमा एमालेको चुनावी रणनीति, तयारी, एजेण्डा, गठबन्धनको सम्भावनालगायत विषयमा खबरहबका लागि लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय चुनावमा नेकपा (एमाले)को तयारी कस्तो छ ?

पार्टीले स्थानीय तहको निर्वाचनको तयारीको निम्ति कमिटी गठन र पुनर्गठन गरेर परिचालन गर्ने काम भइरहेको छ। यो पाँच वर्षमा स्थानीय तहमा हामीले जितेका पालिकामा गरेका कामको समीक्षा भइराखेको छ। हामीले जित्नपू्र्वको अवस्था के थियो ? हामीले जितेपछि के भयो ? र भोलि के गर्छौ भन्ने कुरा सन्दर्भका घोषणापत्र या प्रतिवद्धता पत्रको तयारी गरेका छौं। हामी पराजित भएका ठाउँमा थप के गर्न सकिन्छ भनेर अध्ययन गरिराखेका छौँ।

यो स्थानीय चुनावमा नेकपा (एमाले) को प्रतिवद्धता र घोषणापत्रको तयारी के भइरहेको छ ? यसपटक एमाले के एजेण्डा बोकेर जनतामाझ जादैछ ?

नेकपा एमालेका एजेन्डा यथेष्ट छन्। हामीले विगतदेखि उठाइरहेका छौं। समृद्ध नेपाल सुखी नेपाली भनेको नेकपा एमालेको दृष्टिकोण हो। एमालेको दर्शन हो। यस चिजलाई लागू गर्नको निम्ति सबै पालिकाको विशेषतामा आधारित त्यहाँको विकास त्यहाँको समृद्धि जनताका जीवन उन्नतितर्फ जोडिएका विषयवस्तुलाई जोडेर सूक्ष्म रुपमा हेर्दै त्यसलाई उजार गर्नेछौ। यो विषयमा योजना बनाएर जनताको माझ लानेछौं।

स्थानीय तहमा प्रतिवद्धता सार्वजनिक गर्ने जनताको बीचमा लैजाने योजना तथा तयारीमा पार्टी लागेको छ। घोषणापत्र तथा प्रतिवद्धता पत्रको घोषणा वैशाख ९ गते सार्वजनिक हुन्छ।

अघिल्लो चुनावमा पहिलो भएको दल अहिले आफ्नो विरासत जोगाउन सक्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

स्थानीय चुनावमा विरासत जोगाउने कुरा छँदै छ। जितेका ठाँउहरु सुरक्षित गर्दै हारेका ठाउँमा थप जित बढाउँछौ। जहाँ जहाँ हारेका थियो त्यहाँत्यहाँ विजय हासिल गर्ने योजनासहित अगाडि बढेका छौं।

यसअघि स्थानीयदेखि केन्द्रसम्म एमालेलाई जनादेश प्राप्त भयो। तर, प्रतिवद्धता पुरा हुन सकेन भन्दै आलोचना भइरहेको छ। यसमा तपाईंको प्रतिक्रिया के छ ?

जनादेश पुरा हुन नसक्नुको पछाडिको कारण नेकपा एमालेमाथिको घेराबन्दी हो । विशेषत केपी ओली माथिको घेराबन्दी, षडयन्त्र र जालझेल हो। जनताबाट हामी अस्वीकृत भएको होइन। जनताको मतलाई जनादेशलाई अदालतको बल प्रयोग गरेर अदालतको सहारा लिएर विस्थापित गर्ने काम भयो। यसमा नेकपा एमालेको दोष हुँदै होइन। आफ्ना काम र व्यवहार अगाडि आइसकेपछि प्रतिस्पर्धीले आफ्नो भविष्य सुरक्षित गर्न एमालेमाथि प्रहार गरेका छन्। यसमा हाम्रो कुनै दोष छैन। हामीले कमजोरी गरेको भए जनतामा आकर्षण बढ्दैन थियो। दिन प्रतिदिन पार्टी प्रवेशको जनलहर बढ्दो छ। एमालेप्रति एउटा विश्वास छ। जनताले विश्वश्वास र भरोस प्रकट गरिरहेका छन्। त्यो हामीलाई फाल्नको निम्ति षडयन्त्र गरिएको थियो। जनताले फालेको होइन, अदालतले फालेको हो। गठबन्धनले फालेको कुरा हो। जनताले फेरि पनि हामीलाई चाहनु भएको छ।

के कारणले एमालेले यसअघिको प्रतिवद्धता पुरा गर्न सकेन ? स्थानीय तहदेखि केन्द्रसम्म सरकार हुँदा प्रतिवद्धता पुरा गर्न नसक्नुको कारण के देख्नुहुन्छ ?

हाम्रो प्रतिवद्धता पुरा हुन सकेन। हामीलाई बीचबाटै फालियो। त्यो प्रतिवद्धता हामीले सुरु गरेका काम सम्पन्न गर्न नयाँ काम अगाडि बढाउन मतदान गर्न भन्छौं हामी। हामीले काम गर्दै थियौं। बीचमा हट्नेखालको स्थिति बन्यो। हामीले काम नगरेको भन्ने छैन। हाम्रो तथ्य प्रमाण राखेर छलफल गर्नुपर्यो । त्यसलै उडन्ते कुरा गरेर भएन, मनगणन्ते कुरा गरेर भएन। त्यसै आरोप लगाएर भएन। हामीले इतिहासमा अरुले कसैले गर्न नसक्ने काम गरेर देखाएका छौं। हामीलाई सरकारबाट हटाएपछि विकास ठप्प छ। अदालतको हालत के छ। संसदको हालत के छ। सरकार छ कि छैन्। जनताले कुनै निगमनको अनुभूति गर्न पाएका छैनन। जनताले हेरेका देखेका अनुभूति गरेका छैनन् र मज्जाले देखेका अनुभूति गरेका छन्।

सत्तारुढ गठबन्धन आवद्ध विभिन्न राजनीतिक दलबीच गठबन्धन गरेर स्थानीय चुनावमा सहभागी हुने निर्णयलाई एमालेले कसरी लिएको छ ?

एमाले विरुद्धका गठबन्धन षडयन्त्र घोषित रुपमा आइसकेको छ। गठबन्धन के को निम्ति भन्दा सुरुदेखि एमालेलाई सत्ताबाट फाल्न भएको छ। अब गठबन्धन के को निम्ति भन्दा एमालेलाई चुनावबाट हराउनको लागि हो।
पाँच दलीय गठबन्धन अगाडि बढिरहरेको छ। पाँच दलमा अरु दल थप्न सकिन्छ कि भनेर डराइरहेका छन्। यसको कारण एमाले शक्तिशाली छ। एमाले जनप्रिय र लोकप्रिय छ।

गठबन्धन सरकारको काम कारवाहीलाई प्रमुख प्रतिपक्षी दल एमालेले कसरी मूल्यांकन गरेको छ ?
यो टिप्पणी गर्न लायक नै छैन्। हामीले साढे तीन वर्ष सत्ता चलायौं। नागरिकका आवश्यकतामा सरकार सचेत थियो। तर, अहिले सरकार छ कि छैन जनतालाई थाहा हुन सकेको छैन। विकासको सिन्को भाँचेको छैन।

विकासको साटो पूर्व सरकारले अगाडि बढाएका विकास आयोजना कटौती गरेको छ। प्रदेशमा रहेका ८ मन्त्रालयलाई फोरेर १८ बनाएको छ। विकास ठप्प छ। कार्यपालिका चलेको छैन्। संसद चलेको छैन्। अदालतको गाईजात्रा छ। त्यसैले त टिप्पणी गर्न लायक नै छैन यो सरकार । यो भन्दा बढी अयोग्य सरकार इतिहासमा कहिलै थिएन्।

स्थानीय निकायको जनप्रतिनिधिलाई टिकट वितरणमा कस्ता मापदण्ड बनाउनु भएको छ ?

टिकट वितरणमा पार्टीले माथिबाट नै निश्चत मापदण्ड तय गरेको छ। हामीले कुन–कुन तहको तलबाट टुंग्याउँने र कुन माथिबाट किटान गर्ने भन्ने टुंगो लगाएका छौँ। नगरपालिकाको पार्टीको केन्द्रीय कमिटीले निर्धारण गर्छ। पालिका प्रमुख उपप्रमुखको प्रदेश कमिटी, महानगरपालिका वडाको प्रदेश कमिटीले टुङ्ग्याउछ। अरु जिल्ला पालिकाको वडाको जिल्ला कमिटीले टुङ्ग्याउछ।

नेकपा एमाले चुनावी तालमेल गर्छ कि गर्दैन ?
नेकपा एमाले खुला छ। कोही विचार, सिद्धान्त मिल्ने, वार्ता गर्न आउदा ढोका बन्द गर्नुपर्छ भन्ने छैन। आजसम्म कुनै दलसँग गठबन्धन हुने कुरा भएको छैन्। गठबन्धनका लागि पुरै ढोका बन्ध पनि छैन्। गठबन्धन गर्न कसैलाई खोज्दै एमाले हिँडेको छैन। छलफल गर्न आए कुराकानी हुनसक्छ।

राप्रपासँग गठबन्धनका लागि अध्यक्षले कुराकानी गर्नुभएको छ नि। होइन र ?
भेटघाट छलफल हुँदैमा त्यसलाई अरू ढङ्गले व्याख्या गर्नुपर्छ भन्ने कुरा भएन। यो हाम्रो संस्कृति हो। यो हाम्रो सभ्यता हो। भेटघाट छलफल गर्ने संस्कारको कुरा हो।

एमालेले तीन वर्ष केन्द्रीय सरकार चलाउँदा एक कार्यकाल जनप्रतिनिधिको रुपमा स्थानीय सरकार चलाउँदा पुरा गर्न नसकेका प्रतिवद्धता यसपटक पुरा गर्नेमा जनतालाई कसरी विश्वास दिलाउनुहुन्छ ?

जनताले विश्वास गर्ने गरी देख्ने गरी र अनुभुत गर्ने गरी काम भएको छ। हामीले जितेको ठाँउमा । जनताले यो कामलाई पूर्णता दिनु आवश्यक छ भनेर फेरि बोलाउने अवस्था छ। नेकपा एमाले जनताको पार्टी हो। राष्ट्रवादी पार्टी हो। इतिहासको काल खण्डमा राष्ट्रवादी झन्डा फहराकै छौं। जनताको पक्षमा सामाजिक पक्षमा विभिन्न क्षेत्रमा महत्वपूर्ण काम गरेका छौं। समाजको परिवर्तनको लागि आवाज मात्रै उठाएनौ व्यवहारमा पनि काम गरेर देखाएका छौं। सामाजिक न्याय तथा सामजिक एकताको लागि हामी सधै लागेका छौं।

अहिले वाम एकता सम्भव छ त ?

वाम एकताको बारेमा अहिले केही छलफल चल्दैन। पछि कालन्तरमा घटना कसरी अगाडि बढ्छ त्यो फरक कुरा हो। अहिले वाम एकताको सम्भावना छैन।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ५९ बजे

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण

पठन-लेखन संस्कृति बढाउन कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा पहिलो चरणको ‘संस्कृतिको उत्सव’ सुरू भएको छ । ‘खसभूमि