‘तीन महिनाभित्र चुनाव गर्न सकिन्न’– पाकिस्तानी निर्वाचन आयोग « Khabarhub

‘तीन महिनाभित्र चुनाव गर्न सकिन्न’– पाकिस्तानी निर्वाचन आयोग


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको निर्वाचन आयोगले आगामी तीन महिनाभित्र चुनाव गर्न नसकिने जनाएको छ ।

आयोगका शीर्ष अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानमा आम निर्वाचन गर्न आयोगलाई ६ महिनासम्म लाग्नसक्छ ।

खैबर पख्तुनख्वा प्रान्त लगायतका क्षेत्रमा निर्वाचन क्षेत्र बढाइएका कारण चुनावमा थप चुनौति थपिएको छ ।

ती अधिकारीका अनुसार चुनाव सामग्रीको उत्पादन तथा आपूर्ति, मतपत्रको तयारी एवम् निर्वाचनका लागि कर्मचारीको नियुक्ति तथा तालिम पनि निर्वाचन आयोगका लागि चुनौतिका रुपमा रहेका छन् ।

प्रधानमन्त्री इमरान खानले संसद् भंग गरेसँगै त्यहाँ ९० दिनभित्र नयाँ चुनावमा जानुपर्ने प्रावधान छ । यस्तो अवस्थामा निर्वाचन आयोगले ६ महिनासम्म चुनाव गर्न नसक्ने बताएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : ४८ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल