पाकिस्तानी सेनाले इमरान खानलाई हटाउने कुनै विदेशी षड्यन्त्र फेला नपारेको खुलासा « Khabarhub

पाकिस्तानी सेनाले इमरान खानलाई हटाउने कुनै विदेशी षड्यन्त्र फेला नपारेको खुलासा


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी सेनाले प्रधानमन्त्री इमरान खानविरुद्ध कुनै विदेशी षड्यन्त्र फेला नपरेकोबारे पहिले नै जानकारी गराएको खुलासा भएको छ । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार अघिल्लो साताको आइतबार बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सैनिक नेतृत्वले प्रधानमन्त्री खानविरुद्ध कुनै विदेशी षड्यन्त्र नरहेको बताएका थिए ।

प्रधानमन्त्री खानले गोप्य रुपमा फेला पारिएको कूटनीतिक सूचनामा ‘पाकिस्तानमा अमेरिकाले सत्ता परिवर्तन चाहेको’ प्रमाण रहेको दाबी गर्दै आएका थिए । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले यही दाबीलाई दोहोर्‍याउँदै आफूविरुद्ध विदेशी षड्यन्त्र रचिएको बताउँदै आएका थिए ।

सोही कूटनीतिक सूचनाबारे छलफल गर्न अघिल्लो साताको आइतबार अर्थात् मार्च २७ मा पाकिस्तानी राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकिएको थियो ।

उक्त बैठकमा सैनिक नेतृत्वले कुनै षड्यन्त्र फेला नपरेको बताएको सोमबार ट्रिब्युन पत्रिकाले खुलासा गरेको हो । यद्यपि उक्त बैठकपछि सुरक्षा परिषद्ले कूटनीतिक सूचनामा गैर कूटनीतिक भाषाको प्रयोग भएको र पाकिस्तानको आन्तरिक मामिलामा यस्तो हस्तक्षेप अस्वीकार्य रहेको जनाएको थियो ।

पाकिस्तानी संसद्का उपसभामुख कसिम सुरीले सुरक्षा परिषद्को यही निर्णयका आधारमा प्रधानमन्त्रीमाथि विदेशी षड्यन्त्र रचिएको भन्दै संविधानको धारा ५ अनुसार अविश्वासको प्रस्ताव खारेज गरिदिएका थिए । यता राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी सैनिक नेतृत्वले भने माइनुटमा हस्ताक्षर नै नगरेको देखिएको ट्रिब्युनले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : ३८ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान