नेपालमा पहिलो पटक करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै « Khabarhub

नेपालमा पहिलो पटक करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताए ।

पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप दिने उनको भनाइ छ । अभियानको क्रममा टाइफाइड् खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने उनले बताए । विद्यालय नभएका वा कम भएका वडाहरूमा बाह्य खोप केन्द्र सञ्चालन गरिनेछ। देशभर खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने डा. लालले बताए ।

पाँच वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड संक्रमण हुने अनुमान छ । तीन वर्षको तथ्यांक अनुसार पानी तथा खाना जन्य संक्रात्मक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरू मध्ये यो रोग चौथो कारणमा रहेको छ ।

नेपालमा खोप लगाउनको लागि राष्ट्रिय खोप सल्लाहकार समितिले १४ अगष्ट, २०२० मा नै राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले समेत टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगको लागि सिफारिस गरेको थियो । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हुने निर्देशक डा.लालले बताए ।

नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो । यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको छ ।

खोप लगाइसकेपछि बालबालिकालाई आधा घण्टासम्म निगरानीमा राखिने दाहालको भनाइ छ । यो खोप लगाएपछि अन्य खोपहरूमा जस्तै केही सामान्य असर हुनसक्ने उनको भनाइ छ ।

यस्ता सामान्य लक्षणहरु बिस्तारै आफैँ ठीक भएर जाने उनको भनाइ छ । यो खोप मासुभित्र दिइने र यसले वयस्क र बालबालिकामा दीर्घकालीन रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने दाहालले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  २ : २३ बजे

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त