अल्पमतमा परिसक्दा पनि राजीनामा नदिने श्रीलंकाली राष्ट्रपतिको अडान « Khabarhub

अल्पमतमा परिसक्दा पनि राजीनामा नदिने श्रीलंकाली राष्ट्रपतिको अडान


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले पार्टीका वरिष्ठ सदस्यहरूलाई आफूले पदबाट राजीनामा नदिने तर बहुमत जुटाउने जुनसुकै पार्टीलाई पनि सरकार हस्तान्तरण गर्ने बताएका छन् ।

श्रीलंकाबाट प्रकाशित हुने अंग्रेजी अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार राष्ट्रपति राजपाक्षेले संसद्‍मा कायम २२५ सिटमध्ये ११३ सिटको बहुमत जुटाउने जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको जनाएका हुन् ।

गत आइतबार श्रीलंकाको मन्त्रिपरिषद्‍मा रहेका २६ मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका थिए । त्यसमथि मंगलबार सरकारको समर्थन गर्ने ४१ सांसदहरु सत्ताधारी गठबन्धनबाट बाहिरिएर स्वतन्त्र सांसदको हैसियतमा रहने बताएसँगै त्यहाँ राजनीतिक संकट चुलिएको छ ।

आर्थिक संकट तथा अत्यावश्यक वस्तुको चरम अभावबीच श्रीलंकामा सरकारविरोधी प्रदर्शन तीव्र भएको छ । संकट समाधान गर्न असक्षम रहेको भन्दै विपक्षीहरुले राष्ट्रपति एवम् सरकारको राजीनामा माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ४ : ४१ बजे

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको