दक्षिणले युद्ध भड्काएमा आणविक हतियार प्रयोग गर्ने किम जोङ उनकी बहिनीको चेतावनी | Khabarhub Khabarhub

दक्षिणले युद्ध भड्काएमा आणविक हतियार प्रयोग गर्ने किम जोङ उनकी बहिनीको चेतावनी


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियामाथि आणविक हतियारको प्रयोग गर्ने चेतावनी दिएकी छिन् ।

उत्तर कोरियाको सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएअनुसार किम यो जोङले दक्षिण कोरियाले युद्ध भड्काएको खण्डमा आणविक हतियारको प्रयोग गर्ने चेतावनी दिएकी हुन् ।

यसअघि दक्षिण कोरियाली रक्षामन्त्री सुह वुकले दक्षिण कोरियासँग उत्तरका सैनिक निशानामा सटिक प्रहार गर्ने क्षमता रहेको टिप्पणी गरेका थिए ।

सोही टिप्पणीको जवाफमा किमले यस्तो चेतावनी दिएकी हुन् । उनले सुहको टिप्पणीलाई ‘काल्पनिक दिवास्वप्न’ र ‘पागलको अनियन्त्रित आवेग’ संज्ञा समेत दिइन् ।

उनले उत्तर कोरियाले चाहेको खण्डमा दक्षिण कोरियाको परम्परागत सैनिक बललाई आणविक हतियारले समाप्त पारिदिने समेत चेतावनी दिइन् । आफ्नो मुलुकले कोरियाली प्रायद्वीपमा अर्को युद्ध नचाहेको भन्दै यदी दक्षिणले आक्रमण गरेको खण्डमा दक्षिण कोरियाली सेनालाई ‘पूर्ण रुपमा ध्वस्त एवम् भग्नावशेष’ मा परिणत गरिदिने उनको चेतावनी छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ५ : ०५ बजे

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक