दक्षिणले युद्ध भड्काएमा आणविक हतियार प्रयोग गर्ने किम जोङ उनकी बहिनीको चेतावनी « Khabarhub

दक्षिणले युद्ध भड्काएमा आणविक हतियार प्रयोग गर्ने किम जोङ उनकी बहिनीको चेतावनी


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियामाथि आणविक हतियारको प्रयोग गर्ने चेतावनी दिएकी छिन् ।

उत्तर कोरियाको सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएअनुसार किम यो जोङले दक्षिण कोरियाले युद्ध भड्काएको खण्डमा आणविक हतियारको प्रयोग गर्ने चेतावनी दिएकी हुन् ।

यसअघि दक्षिण कोरियाली रक्षामन्त्री सुह वुकले दक्षिण कोरियासँग उत्तरका सैनिक निशानामा सटिक प्रहार गर्ने क्षमता रहेको टिप्पणी गरेका थिए ।

सोही टिप्पणीको जवाफमा किमले यस्तो चेतावनी दिएकी हुन् । उनले सुहको टिप्पणीलाई ‘काल्पनिक दिवास्वप्न’ र ‘पागलको अनियन्त्रित आवेग’ संज्ञा समेत दिइन् ।

उनले उत्तर कोरियाले चाहेको खण्डमा दक्षिण कोरियाको परम्परागत सैनिक बललाई आणविक हतियारले समाप्त पारिदिने समेत चेतावनी दिइन् । आफ्नो मुलुकले कोरियाली प्रायद्वीपमा अर्को युद्ध नचाहेको भन्दै यदी दक्षिणले आक्रमण गरेको खण्डमा दक्षिण कोरियाली सेनालाई ‘पूर्ण रुपमा ध्वस्त एवम् भग्नावशेष’ मा परिणत गरिदिने उनको चेतावनी छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ५ : ०५ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार