मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता : मन्त्री कार्की « Khabarhub

मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता : मन्त्री कार्की


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

प्रेस युनियनले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सञ्चार मन्त्री कार्कीले एकतावद्ध भएर मुुलुकलाई अघि बढाउनुपर्ने र यसका लागि सद्भावको बाटो समात्नुपर्ने बताएका हुन् । उनले फरक फरक भूमिकामा रहेकाहरुले पनि मुलुकलाई समृद्धको बाटोमा अघि बढाउन एकताबद्ध हुनुपर्ने धारणा राखे। १० वर्षमा धनी र सुन्दर शान्तिको देश बनाउनका लागि पनि अग्रसर हुनुपर्ने उनको भनाइ छ । उनले  मुलुकलाई अघि बढाउन देखिने चूनौतीहरुलाई पनि समाधान गर्दै लैजानुपर्ने जिकिर गरे।

उनले समृद्धि बिना समाजलाई गतिशीलता दिन नसक्ने भन्दै जनताको आकांक्षालाई पुरा गर्न संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताए । उनले सञ्चार क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सरकार प्रतिवद्ध रहको उल्लेख गरे। कार्यक्रममा फोनिज र सञ्चारीका समूहको नयाँ नेतृत्व लगायतलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : २४ बजे

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६