भारत, जापान र फिलिपिन्सका विदेश एवम् रक्षामन्त्रीबीच सम्मेलन हुने | Khabarhub Khabarhub

भारत, जापान र फिलिपिन्सका विदेश एवम् रक्षामन्त्रीबीच सम्मेलन हुने


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापान, फिलिपिन्स तथा भारतकाबीच यही अप्रिल महिनाभित्र सम्मेलन हुने भएको छ । इण्डो प्यासिफिक क्षेत्रका तीन महत्वपूर्ण मुलुकहरू भारत, जापान र फिलिपिन्सका रक्षा तथा कूटनीतिक क्षेत्रका शीर्षस्थ अधिकारीबीच जापानमा सम्मेलन हुन लागेको जापानको क्योदो समाचार संस्थाले जनाएको छ ।

यसका लागि फिलिपिन्सका विदेशमन्त्री टोयोडोरो लोक्सिन तथा राष्ट्रिय रक्षामन्त्री डेल्फिन लोरेन्जानाले यही महिना जापानको भ्रमण गर्ने छन् । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशंकर तथा रक्षामन्त्री राजनाथ सिंह पनि जापान जाने कार्यक्रम रहेको जनाइएको छ ।

दुई मुलुकका मन्त्रीहरुले जापानी समकक्षीहरू विदेशमन्त्री योशिमासा हायाशी तथा रक्षामन्त्री नोबुओ किशीसँग भेटवार्ता गर्ने क्यादोले जनाएको छ ।

गतमहिना जापानी प्रधानमन्त्री फुमियो किशिदाले भारतको भ्रमण गरी भारतीय प्रधानमन्त्रीलाई भेटेका थिए । जापान र भारत दुबै मुलुक चार देशको सुरक्षा समूह क्वाडमा पनि सहभागी छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : ३२ बजे

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि

लामिछानेको जवाफ- गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट

गगनप्रति रविको आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि

कृषि मन्त्रालय- यसवर्ष रासायनिक मलको अभाव हुँदैन, ढुक्कले खेती गर्नुहोस्  

काठमाडौं–  यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने

संसद्‍मा रविले भने : म बहुलाहा होइन

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गरेर प्रमुख