भारत, जापान र फिलिपिन्सका विदेश एवम् रक्षामन्त्रीबीच सम्मेलन हुने « Khabarhub

भारत, जापान र फिलिपिन्सका विदेश एवम् रक्षामन्त्रीबीच सम्मेलन हुने


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापान, फिलिपिन्स तथा भारतकाबीच यही अप्रिल महिनाभित्र सम्मेलन हुने भएको छ । इण्डो प्यासिफिक क्षेत्रका तीन महत्वपूर्ण मुलुकहरू भारत, जापान र फिलिपिन्सका रक्षा तथा कूटनीतिक क्षेत्रका शीर्षस्थ अधिकारीबीच जापानमा सम्मेलन हुन लागेको जापानको क्योदो समाचार संस्थाले जनाएको छ ।

यसका लागि फिलिपिन्सका विदेशमन्त्री टोयोडोरो लोक्सिन तथा राष्ट्रिय रक्षामन्त्री डेल्फिन लोरेन्जानाले यही महिना जापानको भ्रमण गर्ने छन् । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशंकर तथा रक्षामन्त्री राजनाथ सिंह पनि जापान जाने कार्यक्रम रहेको जनाइएको छ ।

दुई मुलुकका मन्त्रीहरुले जापानी समकक्षीहरू विदेशमन्त्री योशिमासा हायाशी तथा रक्षामन्त्री नोबुओ किशीसँग भेटवार्ता गर्ने क्यादोले जनाएको छ ।

गतमहिना जापानी प्रधानमन्त्री फुमियो किशिदाले भारतको भ्रमण गरी भारतीय प्रधानमन्त्रीलाई भेटेका थिए । जापान र भारत दुबै मुलुक चार देशको सुरक्षा समूह क्वाडमा पनि सहभागी छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : ३२ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार